परिजितालाई समर्थन जनाउन भर्जिनिया कार्यक्रम

इनेप्लिज २०७९ मंसिर ३ गते २१:०३ मा प्रकाशित

द भ्वाईसकी परिजिता बास्तोलालाई समर्थन गर्न आगामी नोभेम्बर २१ सोमबारका दिन भर्जिनियाको स्यानटीली शहरमा एक कार्यक्रमको आयोजना गरिने भएको छ ।

परिजिता हाल शीर्ष १३ औ स्थानमा पुगेकी छिन भने १३ औ स्थानमा अब शीर्ष १० औ स्थानमा पर्न सकुन भन्दै उनलाई हौसला प्रदान गर्ने उद्देश्यले प्रत्यक्ष प्रसारण हेर्दै मज्जा र मनोरंजन गर्दै सहभागी हुन् आयोजकले सबैलाई आह्वान गरेका छन् ।

उक्त शहरको चर्चित चमेनागृह ब्याकयार्ड ग्रीलमा कार्यक्रम हुनेछ । परिजिताको प्रस्तुति अमेरिकी पूर्वीय समय ८ बजे देखि हुने र त्यस पछि लगत्तै मत दिन सकिने हुनाले सार्वजनिक कार्यक्रम भएकोले सहभागी हुन् अनुरोध गरिएको छ ।

भर्जिनियाकै सामाजिक अभियन्ता चन्द्र लामाको पहलमा कार्यक्रमको आयोजना हुनेछ भने उनि थुप्रै संघ/संस्थामा आबद्ध रहेका छन भने हाल उनि न्याकमा सक्रिय रुपमा लागेका छन् ।

उनले सबैलाई भेला हौ ,समर्थन गरौ र हाम्री छोरी परिजितालाई मतदान गरौ भनि छोटो सन्देश दिएका छन् ।

परिजिताले अन्य १२ जना प्रतिस्प्रद्धिहरुसंग प्रत्यक्ष रुपमा प्रतिस्प्रद्धा गर्नेछिन । उक्त कार्यक्रममा परिजिताका बाबु पंकज बास्तोला लगायत मेरिल्याण्डबाट भर्जिनिया आउने छन् ।

कार्यक्रम सोमबार ,नोभेम्बर २१ राती ८ बजे देखि सुरु हुनेछ । कार्यक्रमको नाम द भ्वाइस वाच पार्टी -लेट्स गो परिजिता भनेर राखिएको छ ।

मेरिल्याण्डमा भएको कार्यक्रममा बिधान सभा सदस्य ,मेरिल्याण्डका सांसद ,अन्य सिनेटर लगायत नेपाली दुतावासको समेत उपस्थिति रहेको थियो ।

यस अभियानमा जो कोही पनि संलग्न हुन् सकिने हुनाले बिश्वको सबै कुनामा बस्ने नेपालीहरुले परिजितालाई मतदान गर्न टिम परिजिताले बिशेष अनुरोध रहेको छ ।

भ्वाईसको २२ औ संस्करणमा नेपाली अमेरिकीहरुको इतिहासमा पहिलो पटक प्रवेश पाई १३ औ प्रतिस्प्रद्धिमा रहेकी उनलाई जिताउन सबै एक जुट समेत हुनु पर्ने आयोजकले जनाएका छन् । उनि यस प्रतियोगितामा सहभागी हुने प्रथम नेपाली अमेरिकी हुन् ।

ठेगाना :

13999 Metrotech Dr, Chantilly, VA, United States, Virginia

कार्यकम मिति : नोभेम्बर २१,२०२२
समय : ८ बजे राती (अमेरिकी पूर्वीय समय )

प्रतिक्रिया