“सुश्री पारिजात” छिट्टै बजारमा आउंदै 

इनेप्लिज २०७९ मंसिर ३ गते १६:४० मा प्रकाशित

१९ नोऱ्भेम्वर, काठमाडौ

अमेरिकाको वाशिंटन डिसी मेट्रो क्षेत्रलाई विगत १८ बर्षदेखि कर्मभूमि वनाएका साहित्यकार गोविन्द गिरी प्रेरणाको नयां कृति “सुश्रीपारिजात” मंसिर महिनाभरिमै बजारमा आउने भएको छ । यो विख्यात लेखिका पारिजातको जिवनी पुस्तक हो । पारिजात मदनपुरस्कार पाउने प्रथम लेखिका हुन् । उनले “शिरिषको फूल” उपन्यासका लागि विसं २०२२ सालमा प्रतिष्ठित मदन पुरस्कार पाएकीथिईन् ।

कथा, कविता, निबन्ध, समालोचना, उपन्यास, नियात्रा लगायतका विविध विधामा २६ पुस्तक प्रकाशन गरिसकेका प्रेरणाको यो २७औंकृति हो ।

ईनेप्लिज डट कमसंग कुराकानी गर्दै साहित्यकार प्रेरणाले प्रस्तुत पुस्तक तयार गर्न दुई दशक समय अध्ययन अनुसन्धानमा लागेको बताउनु भयो । जीवनी विधामा उनको यो पहिलो कृति हो ।

यस पुस्तकलाई नीजि क्षेत्रको अग्रणी प्रकाशन फाइन प्रिण्टले प्रकाशनमा ल्याउन लागेको हो ।

प्रतिक्रिया