मौनअवधिमा मनन गर्नुपर्ने कुराहरु

-सरगम भट्टराई २०७९ मंसिर ३ गते २:३१ मा प्रकाशित

यो मौन बेला हो त्यसैले म कसलाई भोट दिनोस् भन्दिन तर यति कुरा छातीमा हात राखेरमनन गर्नुहोला


 यदि तपाईँ बिदेशमा हुनुहुन्छ भने तपाईँ बिदेशिनुको कारण,परिणाम र हरेक दिन जसो रातो बाकसमा फर्कने लाशहरु सम्झनुस्, बर्षौँ देखि भेट हुन नसकेका तपाईँका आमा बाबु, श्रीमती,छोरा छोरी, दाजुभाइ र दिदी बहिनीको कति याद आईरहेको छ? 

सम्झनुस् ! 

तपाईँ कृषि पेशामा हुनुहुन्छ भने पैसा तिरेर किन्छु भन्दा पनि मल, बीउ किन पाईदैन, सोँच्नुस् ! किन बर्षेनी मलको हाहाकार हुन्छ? 

सोँच्नुस् ! 

रेमिट्यान्सले धानेको देशमा रेमिट्यान्स पठाउनेहरु मत दिनबाट किन बन्चित छन्? 

सोँच्नुस ! 

तपाईँ मजदूर हुनुहुन्छ भने तपाईँको दिनभरको ज्यालाले किन एक छाक खान पुग्दैन? 

सोँच्नुस् !

 तपाईँ बिद्यार्थी हुनुहुन्छ भने किन तपाईँले पढेको ज्ञानले किन रोजगारी सिर्जना गर्दैन, सोँच्नुस् ! तपाईँले पढ्ने सरकारी विद्यालय र क्याम्पसको पढाई कस्तो छ ? 

हेर्नुस् !

तपाईँको छिमेकी सरकारी शिक्षकले आफ्ना छोरा छोरीलाई कहाँ पढाईरहेको छ? 

सोँच्नुस् ! 

तपाईँ कुनै कार्यालयमा सेवा लिन जाने सेवाग्राही हुनुहुन्छ भने घुस नदिएसम्म किन काम हुन्न सोँच्नुस् ! त्यहाँ भएका कर्मचारी संगठन र तिनीहरुका दादागिरी भोग्नु भो नि ? 

सोँच्नुस् ! 

राज्यका अंगहरुको भ्रष्टिकरण कसरी र किन भईरहेको छ, सरकार, संसद, अदालतमा कस्ता कस्ता सेटिंग चलिरहेका छन्? सोँच्नुस् ! 

तपाईँ वृद्ध वृद्धा हुनुहुन्छ भने तपाईँका छोरा छोरी कहाँ छन्  सोँच्नुस् ! तपाईँका छोरा छोरी यो बेला किन तपाईँसंग छैनन् ? 

सोँच्नुस् !

तपाईँ महिला हुनुहुन्छ भने नीति निर्माण तहमा महिलाहरुको न्याँयपूर्ण सहभागिता किन छैन? 

 सोच्नुस् ! 

तपाईँ बुहारी हुनुहुन्छ भने दाईजोको कारणले किन बुहारीहरु जीउँदै जलाईएका छन् ? 

सोँच्नुस् !

 तपाईँ बिरामी हुँदा जाने सरकारी अस्पताल र डाक्टरहरुको सेवाबारे सोँच्नुस् ! नीजि अस्पतालमा लाग्ने शुल्कका बारेमा सोँच्नुस् ! सिटामोलखान नपाएर मर्नेहरुबारे सोँच्नुस् ! 

तपाईँ किनमेल गर्न जाँदाको महंगी सोँच्नुस् !

तपाईँले तिरेको करको पैसाले सिंगापुर, थाईल्याण्ड र अमेरिका उपचार गराउने नेताहरु बारे सोँच्नुस्, रगतको अभावमा ज्यान जाने गर्भवतीमहिलाको बारेमा सोँच्नुस् ! 

सांसद किन्ने, बेच्ने, देशघाती संझौता गर्ने, बिदेशी दूतावासको मानो खाने, खोक्रो राष्ट्रियता देखाउने, देशमा बिखण्डन ल्याउने, खोपमा कमिशन खाने, भ्रष्टाचार गर्ने, दुराचार गर्नेहरु बारे सोँच्नुस् ! 

तपाईँ बाटो हिड्दै हुनुहुन्छ भने त्यो बाटोमा सधै किन खाल्डा खुल्डी भईरहन्छ भन्ने बारे सोँच्नुस् ! बिजुलीका असरल्ल तारहरु बारे सोँच्नुस्, गन्हाउने ढलहरु किन अझै यस्तै छन् भनेर सोँच्नुस् ! 

तपाईँ बस्ने सहर किन कंक्रिटको जंगल बनिरहेको छ? 

सोँच्नुस् !

पहिले गरीबीले ग्रस्त तपाईँको छिमेकीले राजनीति गर्न थालेर नेता भएपछि ऊ कसरी सुविधा सम्पन्न भयो ?

 सोँच्नुस् !

तपाईँको वरिपरि भएका सार्वजनिक सम्पतिहरु किन क़ब्ज़ा भए ? 

सोँच्नुस् ! 

 तपाईँको छिमेकमा लोभ, लालच देखाएर धर्म परिवर्तन किन र कसले गरिरहेको छ?

 सोँच्नुस् ! 

बैदेशिक ब्यापार घाटा, आयात निर्यातवीचको डर लाग्दो असमानता, बैदेशिक ऋणको अवस्था र साधारण खर्च चलाउन पनि ऋण लिनुपर्नेभयावह अवस्थाको ज़िम्मेवार को हो ?

सोँच्नुस् ! 

गत चुनावमा पार्टी र उमेदवारहरुले कस्ता घोषणा गरे र के के पूरा गरे?

 सोँच्नुस् ! 

किन पाँच बर्ष गुमनाम भएर अहिले चुनावको बेला दाम बाँड्न तल्लीन छन्? 

सोँच्नुस् ! 

तपाईँले एक पटक जिताएर गएका उमेदवारले संसदमा शिक्षा, स्वास्थ्य, रोज़गार, सुशासन, स्वाभिमान, सत्कर्म, नीति र नियतका बारेमाकति पटक बोले? 

सोँच्नुस् !

जितेकाहरु तपाईँको जिल्ला, क्षेत्र र गाउँमा कति पटक आएर तपाईँका समस्या सुने?

 सोँच्नुस् !

पटक पटक जितेर पनि काम नगरेकाहरुले यस पल्ट काम गर्लान् त ?

 सोँच्नुस् !

माथि उल्लेखित सबै विसंगतिहरु बढेको हाम्रै भोटले जितेर गएका ख़राब नेतृत्वहरुले हो, ख़राब राजनीतिले हो। यसको कारक हामी नै हो। 

अब पनि मेरो पार्टी, मेरो मान्छे, मेरो चिन्ह भन्ने हो कि असल ब्यक्ति छनोट गर्ने? 

सोँच्नुस् !

तपाईँको एक भोट निकम्माहरुलाई दिनु भनेको तपाईँकै अक्षम्य गल्ती हो, जित्दैनन् भनेर नयाँहरुलाई मौका नदिने हो भने परिवर्तन कहिल्यै हुनेछैन। 

यो मौन समय हो, मौन रहेर अहिलेसम्म गरेको गल्ती नदोहोर्याऊनुस् ! 

-सरगम भट्टराई 

प्रतिक्रिया