जेरीको आरोपः शंकरले म सुत्केरी हुँदा केटी ल्याएर मेरै कोठामा सुताए, मैले प्रश्न गर्दा कुटपिट गरे ( भिडियो सहित )

इनेप्लिज २०७९ कार्तिक २९ गते ११:०५ मा प्रकाशित

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्स सम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।

आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो । केही समयअगाडिको मात्र कुरा हो यो जोडी काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका खबरले तहल्का मच्चाएको थियो ।

कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् । यसैगरी उनिहरुको डिभोर्स भएको हल्ला फिजिनासाथ अहिले उनिहरुको डि भोर्सको बिषयलाई लिएर अनेक टिकाटिप्पणी हुने गरेका छ्न । केही समय अगाडिमात्र हाशिखुशी अन्तरबार्ता दिएका उनिहरुको सम्बन्धमा यसरी एकाएक दरार आउँदा सबै दर्शक अचम्ममा नै परेका छन र यसका साथै दर्शकहरु अहिले जवाफको प्रतिक्षामा रहेका छन ।

प्रतिक्रिया