अमेरिकी गायिका तथा गीतकार डली पार्टनलाई १० करोड डलरको साहस तथा शिष्टता पुरस्कार प्रदान

इनेप्लिज २०७९ कार्तिक २८ गते २:१० मा प्रकाशित

एमाजोनका संस्थापक जेफ बेजोस र लरेन सान्चेजले अमेरिकी गायिका, गीतकार,कलाकार ,समाज-सेवी,व्यवसायी डली पार्टनलाई १० करोड डलर( १०० मिलियन )को साहस तथा शिष्टता पुरस्कार प्रदान गरेका छन् । ७६ बर्षिय डली अमेरिकी लोक गायिका (कन्ट्रीसङ्ग सिङ्गर)हुन् ।

डली पार्टन बेजोस साहस तथा शिष्टता पुरस्कार प्राप्त गर्ने पछिल्लो व्यक्तित्व हुन् । “जेफ [बेजोस] र म यो पुरस्कारको घोषणा साझा गर्न पाउँदा गर्व गर्छु र एक महिलालाई पुरस्कार प्रदान गर्न पाउँदा हर्ष लागेको लरेन सान्चेजले सामाजिक संजालमा लेखेका छन् ।

बेजोसको लामो समयदेखिको साथी लरेन सान्चेजले गत शुक्रबार आफ्नो भाषणको अङ्किय दृश्य (भिडियो)सहित इन्स्टाग्राममा प्रकाशन गरेका छन ।

दशकौं देखि विभिन्न कारणमा चन्दा दिने पार्टोनले ट्विटरमा बेजोस र सान्चेजलाई सार्वजनिक रूपमा धन्यवाद दिएकी छिन । १०० मिलियन डलर पुरस्कार पाए पछि त्यसको उत्तरमा “म मेरो पैसा जहाँ मेरो मन छ त्यहाँ राख्न प्रयास गर्छु। म यो पैसाबाट राम्रो काम गर्न सक्दो प्रयास गर्नेछु, ”पार्टनले ट्वीट मार्फत जानकारी गराएकी छिन ।

पार्टन समाज सेवी समेत रहेकीले उनले १९९८ मा स्थापना गरेको डलीवुड फाउन्डेसन मार्फत विश्वभरका बालबालिकाहरूलाई पुस्तकहरू प्रदान गर्दछ ।

कोरोना महामारीमा उनले एक बिश्वबिद्यालयलाई खोपको अनुसन्धान गर्न १० लाख डलर चन्दा दिएकी थिइन् । र ,उनले दिएको चन्दाको केही अंश अनुसन्धानमा प्रयोग समेत भएको थियो भनि सिएनएनले समाचार लेखेको छ ।

उनको गृह राज्य टेनेसीमा परोपकारी प्रयासहरू मध्ये पार्टनले डली पार्टन छात्रवृत्ति समेत निर्माण गरेकी छिन ।

प्रतिक्रिया