रिमा गुरुङ होडाको स्वर तथा गायक तथा संगीतकार हरिश माथेमाको संगीतमा जीवन सुन्दर छ नामक आधिकारिक सङ्गीत भिडियो सार्वजनिक भएको छ । गत नोभेम्बर ११ का दिन उक्त अङ्कियदृश्य सार्वजनिक गरिएको हो ।
सान्टना रेकर्ड्सको प्रस्तुति उक्त गितको बोल जीवन सुन्दर छ (तिमी झैँ म छु ) रहेको छ । गायिका रिमा गुरुङ होडाको रहेको छ भने संगीत हारिश माथेमाको रहेको छ । शब्द विजय शिवाकोटीले दिएका छन् भने निर्देशन कमल राईको रहेको छ । संगीत प्रवन्ध चन्द सिङ्ग र संगीत मिश्रण गोविन्द सोनुको रहेको छ ।
अङ्किय दृश्य( भिडियो)मा अभिनय गर्ने कलाकारहरुमा अर्शु महर्जन तथा शाक्षी लम्साल रहेका छन् । अभिनय गर्ने बाल कलाकार आर्या प्रधानाङ्ग हुन् । संगीतकार माथेमाले लामा ट्याक्स लगायत सबैलाई धन्यवाद दिएका छन् ।
अङ्किय दृश्य हेर्न यहाँ थिच्नु होस् :
प्रतिक्रिया