सांसदहरुले दुई तिहाई बहुमतको सरकार पाँच वर्ष सम्म टिकाउन सकेनन

इनेप्लिज २०७९ कार्तिक २६ गते २३:२८ मा प्रकाशित

दुई तिहाई बहुमतको सरकार पाँच वर्ष सम्म चलाउन र टिकाउन नसक्ने ८८४ जना सांसद र नेताहरूबाट विक्रम सम्वत २०७९ साल मंसिर ४ गतेको निर्वाचन पछि पनि मुलुकले निकास आउँदैन । अब मुलुकमा तत्काल सैनिक शासन चाहिएको छ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । मुलुक भन्दा ठूलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन संविधान फेरि पनि बन्न सक्छ ।

भुतपुर्व र वर्तमान प्रधानसेनापतिहरु, रथीहरु, उपरथीहरु, कर्णेलहरु, मेजरहरु, क्याप्टेनहरु, रेन्जरहरु, कमान्डोहरु र सिपाहीहरु मुलुक भन्दा ठूलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन संविधान फेरि पनि बन्न सक्छ । आजसम्म राजनीतिक दलका नेतृत्वहरु बाट मुलुकले निकास पाउन सकेन । दुई तिहाई बहुमतको सरकार पाँच वर्ष सम्म चलाउन र टिकाउन नसक्ने ८८४ जना सांसद र नेताहरूबाट विक्रम सम्वत २०७९ साल मंसिर ४ गतेको निर्वाचन पछि पनि मुलुकले निकास पाउने छैन । ८८४ जना सांसद र नेताहरू असफल र असक्षम साबित भइ सकेका छन । जनताहरुले ८८४ जना सांसद र शेर बहादुर देउवा, गगन थापा, पुष्पकमल दाहाल, अग्नि सापकोटा, बाबुराम भट्टराई, के. पी. शर्मा ओली, गोकुल बास्कोटा, माधवकुमार नेपाल, झलनाथ खनाल र कमल थापा लगायतका नेताहरूबाट आशा राख्नु दिवा सपना र मुर्खता हो । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ सेनाहरु लौ न बचाई देऊ । मुलुकमा तत्काल सैनिक शासनको खाँचो छ । जनताहरुले मुलुकबाट पाउनुपर्ने सेवा सुविधाहरू पाएका छैनन वंचित छन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा नेताहरूबाट आँखामा छारो हाल्ने र झुक्याउने काम मात्र भएको छ । नेताहरूबाट नै मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भएको छ । मुलुकमा जताततै विकृति र बेथिति मात्र छ ।

मंसिर ४ को निर्वाचन पछि पनि मुलुकमा सरकार कसले कति दिन र कति महिना लगाएर बनाउने प्रधानमन्त्री, राष्ट्रपति र सभामुख लगायत आदि इत्यादि विषयहरूमा नेताहरू बीच आपसी लडाई भागबन्डाको रमिता, रोइलो र नाटक मंच देख्न पाईन्छ । वर्तमान, तत्कालीन, पुर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सभामुखहरु, उपसभामुखहरु, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूको कारण हाम्रो मुलुक डुब्न लागि रहेको छ । हाम्रो मुलुक रोइरहेको छ तथा मुलुकको स्वाधीनता धरापमा परेको छ । अब मुलुकमा तत्काल सैनिक शासनको खाँचो छ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ । हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया