‘जी’हजुर

इनेप्लिज २०७९ कार्तिक २६ गते ०:१२ मा प्रकाशित

नेपाली भाषामा भारतका संघीय,प्रान्तीय वा क्षेत्रीय भाषाहरुको प्रभाव अधिक देखिन्छ । नेपालमा परापूर्व कालदेखि नै साँस्कृतिक अतिक्रमणका रुपमा भारतका कतिपय क्षेत्रबाट सँस्कृति र भाषामा देखिने र नदेखिने हस्तक्षेप रहदै आएको छ । हामी नेपाली स्वाधिन छौं भनेर गर्र्व त गर्दछौैैं तर भाषा र सँस्कृतिमा स्वाधिन रहन नसकेको कुरा नचाहेर पनि स्वीकार गर्नु पर्दछ ।

खास गरी नेपाली भाषालाई भारतीय भाषाहरुबाट अलग राखेर विकास गर्नु चुनौतीपूर्ण छ । भारतीय मूल भाषा हिन्दी र नेपाली भाषाको उद्गम भाषा सँस्कृत नै भएको र देव नगरी पनि दुबै भाषाको साझा लिपी भएकाले नेपाली भाषालाई भारतीय भाषाभित्र रहेका विकृतिहरुबाट जोगाउन मुस्किल देखिन्छ ।

यद्यपि आम नेपालीहरुमा चेतनाको विकास भएर निरन्तर प्रयास गरिरहने हो भने विकृतिलाई कम गर्दै जान अवश्य सकिन्छ भन्ने मेरो ठम्याई छ ।

नेपाली भाषामा अत्यधिक. प्रयोग भइरहेको संबोधनमा आउने जी जुुन चाहिँ सोझै भारतीय भाषाबाट आएको हो भन्ने मेरो बुझाई छ । म यसको सविस्तार बर्णन गर्न चाहान्छु । नेपाली भाषामा ज्यू परापूर्व कालदेखि आफ्ना सम्मानितहरुमा प्रयोग गरिन्थ्यो । आमाजु,जेठाजु,दाजु,भाउजु,भिनाजु,नेपाल भाषामा पाजु, तताजु इत्यादि थुप्रै उदाहरण छन । जु वा ज्यू थपेर गरिने सम्बोधन नेपाली संस्कार हो भने नामको पछाडि जी थपेर सम्बोधन गरिने भारतीय प्रचलन हो । यसले नेपाली भाषाको ज्ुयु संबोधन नै लोप हुने खतरा देखिदैछ । ज्यू संबोधनको लोप हुने खतरासँगै जी संबोधनले हाम्रो संस्कारमा पनि धावा बोलिरहेको छ । ज्यू सम्मानितहरुमा प्रयोग हुने सम्बोधन हो । तर अहिले ज्यू सबोधनको सट्टा सम्मानितहरुमा पनि जी को प्रयोग हुन थालेको छ । जुन भारतीय प्रचलन हो । नेपालमा जी सम्बोधन राणाकालको अन्ततिरदेखि शुरु भएर बढ्दै गएको ठानिन्छ । नेपालको राजनीतिमा भारतको प्रभाव पनि राणाकालको अन्ततिरदेखि नै बढेको देखिन्छ ।

नेपालबाट राणाहरुको जहानिया शासन हट्नुभन्दा तीन बर्ष अगाडि अर्थात विक्रम संबत २००४ सम्म भारत अहिलेको रुपमा थिएन । विभिन्न राजा–रजौटाहरुले आफ्नो राज्यमा बर्चस्व बनाइरहेका थिए । त्यस ताका बेलायतको प्रशासनिक इकाईको रुपमा इष्ट इण्डिया कम्पनी भारतका प्रमुख शहरहरुमा आफ्नो बर्चश्व जमाइ प्रशासन चलाउथ्यो । त्यो बेला दक्षिण एसिया एकिकृत थिएन । नेपाल आफ्नै मौलिक भाषा संस्कृतिमा चलिरहेको थियो । जाहानीया राणा शाही शासन पन्छाएर नेपाली जनताले गैर राणाहरुलाई पनि राजनीतिमा आउन बाटो त बनाई दिए तर भारतमा परिवर्तन पछिका नयाँ शासकहरुले राजनीतिक,साँस्कृतिक,आर्थिक रुपमा नेपाललाई आत्मनिर्भर हुन बाट रोक्न प्रयत्न गरिरहे जुन आजसम्म कायमै रहिरहेको छ ।

नेपालमा बोलिने भाषामा भएका हरेक विकृति र विसंगतिको यहाँ चर्चा गर्न संभव छैन । यति मात्र चर्चा गर्न खोजिएको हो कि भारतबाट आएको जी ले नेपालको मौलिक ज्यू लाई विस्थापित गर्ला कि भन्ने आशंकाले यी हरफहरु लेख्न लागिएको हो । जी ले नेपाली स्वाद(फ्लेबर)मा बेस्वाद थप गर्दैछ भन्ने यो आलेखको आसय हो ।

विगतमा जी नेपालमा थिएन । नेपाली पन साइनोेबाट गरिने संबोधनमा आउछ । हाम्रो बोलिचालीमा साइनो संबोधन शुद्ध नेपाली पन हो । आफूभन्दा बढी उमेरकालाई दाजु,दिदी अझ बढी उमेरको जस्तो लागेमा काका–काकी,त्योभन्दा बढी उमेरको जस्तो लागेमा अर्थात बाबु छोरा जस्तो उमेरको लागेमा बा आमा र धेरै बृद्ध जस्तो लागेमा हजुरबा हजुर आमाबाट सम्बोधन गरिनु नेपाली पन हो । संस्कार हो । पहिचान हो । यसमा जुन स्वाद(फ्लेबर) आउछ, जी को प्रयोगबाट गरिने सम्बोधनमा यो फ्लेबर(नेपाली पन)हराउछ । आदर, सद्भाव पनि हराउछ । घरबुना कोगटी छाडेर बाहिरबाट आयातित झिल्के टेर्लिंग लगाए जस्तो, घरमा बनाएको सेल रोटी र मालपुवा छाडेर चाउमिन र सी फुड खाए जस्तो । जी सम्बोत्रन, नक्कली जस्तो, आडम्बर जस्तो, फाल्तु जस्तो अनि नेपाली पाराको साइनो सक्कली ढाका टोपी जस्तो ।

म फेरि पनि दोहोर्याउछु – जी सम्बोधन भारतबाटै आएको हो । ल्याएको हाम्रा ठूला बडाले नै हो । यो हाम्रा लाहुरे दाईहरुले पनि हो । ण्नेपालीहरुको बाध्यता हो शासकीय अकर्मण्यताले हो– नेपाली युवाहरु भारतीय सेनामा काम गर्न गएका थिए । अरु रोजगारीमा पनि हजारौं युवाहरु भारतीय भुमिमा आफ्नो पसिना बगाउन जाने गर्दछन । जी सम्बोधन त्यो माध्यमबाट पनि केही मात्रामा आयो होला । भारतीय सेनामा जाने वा रोजगारीमा जानेहरुभन्दा बढीँ जिम्मेवार त राजनीतिक कार्यकर्ता जो भारतीय राजनीतिबाट बढी प्रभावित भएका थिए । उनीहरुको माध्यमबाट अधिक मात्रामा भित्रिएको हुनुपर्दछ ।

त्यसै गरी २०२८ सालमा नयाँ शैक्षिक पाठ्यक्रमभन्दा अगाडि नेपालको शैक्षिक क्षत्रमा भारतीय प्रभाव अधिक थियो । नेपालमा पढाई हुने अधिकांश पुस्तकहरु भारतमा छापीएर आउने, त्यतैका किताब अनुबाद हुने, अनि भारतीय शिक्षकहरु नै नेपाल आएर शिक्षण– प्रशिक्षणमा सहभागी हुने हँुदा उताबाट भाषा संस्कृतिमा राम्रो–नराम्रो सबै पक्ष प्रभावित हुने स्वभाविक हो । यही बेला यस्ता भाषागत त्रुटी र गैर नेपाली शैलीले प्रश्रय पाएको सहजै अनुमान गर्न सकिन्छ ।
जी सम्बोधन कसरी राजनीतिक क्षेत्रबाट सहजै नेपाल प्रबेश गर्यो भन्ने बारेमा छोटो चर्चा गरौं ।

नेपाली राजनीतिमा अधिकांश पढ्न चाहाने नेता कार्यकर्र्ताले भारतीय लेखकका पुस्तक पढेका छन । ती पुस्तकहरुमा भारतीय नेताका जीवनी, भारतीय साहित्यकार र तिनका रचना पढ्ने गर्दथे । यी रचना वा जीवनीमा सम्मान गर्नु पर्ने व्यक्तिलाई जी सम्बोधन गरिएको हनाले त्यसको प्रभाव ती पाठकहरुमा पर्ने नै भयो । उनीहरुले गान्धीजी,शाश्त्रीजी,नेहरुजी बाजपेयीजी भनेर पढेका थिए । यसरी जी सम्बोधनमा ठूला नेताहरुको नाम उच्चारण गर्न बानी परे पछि आफ्ना सम्मानित नेतालाई पनि किसुनजी भनेर सम्बाधन गर्न थाले । किसुनजी एक उदाहरण मात्र हुन अरु पनि थुप्रै सम्मानित नेताहरुलार्ई जी बाट सम्बोधन गर्न थालियो । मातृकाजी,सुवर्णजी,प्रदीपजी, मनमोहनजी, साहानाजी यस्ता अरु पनि उदाहरण दिन सकिन्छ जसलाई जी सम्बोधन गरेर नेपाली पन विर्साइदिएको छ ।

त्यसको प्रभावले दाजुभाई दिदी बहिनीहरुको मीठो सम्बोधन साइनो हराउदै गएको छ । अब उमेरले जजिसुकै दाजु वा दिदी होस रामजी, सीताजी,संझनाजी, कृष्णजी हुन थालेको छ । राम दाजु भयो वा भाइ, कृष्ण दाजु वा भाइ, सीता दिदी वा बहिनी चाहिँ नेपाली पन हो । यो संबोधनमा नेपाली फ्लेबर हुन्छ । तर उमेरले बा समान भए पनि संबोधन चाहिँ शंकरजी रे । शंकर दाइ वा शंकर बुवा भन्दा कति मीठो नेपाली स्वाद आउछ । तर जी लगाए पछि नेपाली पन हरायो । यथोचित संबोधन र सम्मान पनि हरायो । प्रयोगकर्ताले यसो भनिरहदा आफूलाई समान ठानेर नेपाली पन विर्सदै जी सम्बोधन गरेको देखिन्छ ।जी प्रयोगकर्ताले दाजु भन्दा उ भन्दा आाफू होचो(कदमा हैन सम्मानमा) भएको महसुस गर्दछ । त्यसैले उसले आफूभन्दा बढी उमेरको लाग्दा लाग्दै पनि जी सम्बोधन गरेर आफू समान बनाउछ ।

जी प्रयोगकर्ताहरुको एउटा तर्क के हुन सक्छ भने कसैको उमेर सोध्नु उसको निजी मामला हो । व्यक्तिगत गोपनीयताको पनि कुरा आउछ । त्यसैले जी लगाइदिए पछि उमेरको बारेमा सोधिरहने झन्झट नै साफ । त्यसै गरी कतिपयलाई दाजु दिदी भन्दा आफूलाई पाको उमेरको संझेर यसो भनेको भन्ने पनि लाग्न सक्छ । कोही मानिस आफूलाई बुढो वा बुढी नदेखाउन कसैले उमेर अनुसारको साइनो नलगाइदिए पनि हुने थियो भन्ने धारणा पनि राख्न सक्दछन । त्यस्ता व्यक्तिहरुलाई यो नेपाली फ्लेबरको संबोधन मन नपर्न पनि सक्छ त्यस्ता ब्यक्तिलाई अपबाद स्वरुप जी को प्रयोग गरिदिन पनि सकिन्छ तर यो नेपाली पन हैन ।

प्रतिक्रिया