काठमाडौँ बानेश्वर घर भै हाल क्यानडामा बसोबास गर्दै आएका गीतकार रवि मान सिंह बस्न्यातको शब्दमा “तिमीलाई दामी देखिन्छ” गीत सार्वजनिक भएको छ ।
बस्न्यातले गीत लोक-लय मनोरन्जनात्मक भएको र मायाप्रेममै आधारित बिषयवस्तुमा यस पटक प्रेमअर्थ टोलीले केहि फरक गर्ने प्रयास गरेको बताएका छन् । गीतकार रवि मान सिंह बस्न्यातको शब्द, सङ्गीतकार टिका बम्जनको आशा लाग्दो लय र सङ्गीत, सङ्गीत संयोजक कमल सौरागको संयोजन , गायक रामजी खाँड र गायिका कमला रेग्मीको आवाजमा “तिमीलाई दामी देखिन्छ” गीत बजारमा आएको छ ।
म्यूज़िक भिडियोमा चिर-परिचित मोडल आकाश श्रेष्ठ र स्मारिका ढकालले अभियान गरेका छन् भने छायाँकन पोखराको सेरोफेरोमा गरिएको छ । भिडियो निर्देशन निकेस खडकाले गरेका छन्
यो गीत हेर्न र सुन्न यहाँ थिच्नु होस् :
प्रतिक्रिया