‘जुनेली रात’मा रोमाण्टिक मुडमा देखिए  रोहित र दुर्गा ( भिडियो )

इनेप्लिज २०७९ कार्तिक २५ गते ११:२६ मा प्रकाशित

काठमाडौं – अस्ट्रेलियाको मेलबर्नमा अध्ययन संगै रोजगाररत नव गायक रोहितसिंह थापाको डेब्यु म्युजिक भिडियो ‘जुनेली रात’ को टिजर सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको गीतमा शब्द रोशन श्रेष्ठको रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ।

अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमाहरुमा छायाँकन गरिएको म्युजिक भिडियोमा स्वयम् गायक रोहितसिंह थापा र दुर्गा भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। ग्यान्योनले छायांकन गरेको भिडियोको पोस्ट प्रडक्शनको काम जी क्रियशन मार्फत भैरहेको छ। भिडियो नयाँ वर्ष २०८० को अवसर पारेर सार्वजनिक गर्ने तयारी रहेको गायक थापाले बताएका छन्।

टिजरले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। आफ्नो पहिलो म्युजिक भिडियो दर्शक सोर्तालाई मन पर्ने कुरामा गायक थापा आशावादी रहेका छन् । टिजर गायक थापाको युट्युव च्यानल ‘जुनेली रात’ मार्फत सार्वजनिक गरिएको छ।

https://www.youtube.com/watch?v=X8zBZb_ivNI

प्रतिक्रिया