डोटीका भुकम्प पीडितलाई अफ्रिकामा राहत जुटदै

इनेप्लिज २०७९ कार्तिक २४ गते १२:५६ मा प्रकाशित

 लेगोस , नाइजेरिया ।

सुदूर पश्चिमको डोटी लगाएतका  जिल्लामा हालै गएको भुकम्प बाट मृतक हुने र भौतिक क्षति हुने परिवारको तत्काल राहत सहयोगका  लागि अफ्रिकाका गैरआवासिय नेपालीहरुले आर्थिक सहयोग जुटाउने अभियान थालेका छन ।

गैरआवासीय नेपाली संघका पुर्व कोषाध्यक्ष हिक्मत थापाको पहलमा   शुरु गरेको अभियानमा गैरआवासीय  नेपाली संघ  नाइजेरिया , रुपारेलिया फाउन्डेसन युगाण्डा र पदम एन्ड शान्ती भण्डारी फाउन्डेसन बोत्स्वाना ले सहयोग गरेका छन । 

 युगाण्डाको सबै भन्दा ठूलो औद्योगिक घराना रुपारेलिया ग्रुपका अध्यक्ष तथा युगाण्डाका लागि नेपालका मानार्थ दूत डा. सुधीर रुपारेलियाले  रुपारेलिया फाउन्डेसन मार्फत अमेरिकी डलर पाच  हजार , एनआरएनए नाइजेरियाले एक लाख नेपाली र  बोत्स्वाना स्थित पदम एन्ड शान्ती भण्डारी फाउन्डेसनले ५०१ अमेरिकी डलर सहयोगको प्रतिबद्दता गरेका छन । 

 थापाका अनुसार सहयोग संकलन यथाशिघ्र गरिने र  धनगढी स्थित ह्य्मानिटी फाउन्डेसन नेपाल  र टीकापुर सरोकार समुहको  सहयोगमा पीडितलाई राहत हस्तान्तरण गरिनेछ । सहयोग राशी पुरै स्थानिय निकायको उपस्थितिमा पीडितले पाउनेछन र स्थानीय प्रशाशनिक खर्च सहयोगी सस्थाहरुले बेहोर्नेछन ।

प्रतिक्रिया