ददि ढुंगाना तथा सीता अर्यालको स्वरमा “जय जय माता दुर्गे भवानी” म्युजिक भिडियो भजन सार्वजनिक

इनेप्लिज २०७९ कार्तिक २३ गते २०:४२ मा प्रकाशित

डिसी क्षेत्रका सक्रिय सामाजिक अभियन्ता तथा सूचना प्रविधि बिज्ञ ददि ढुंगाना तथा सीता अर्यालको स्वरमा “जय जय माता दुर्गे भवानी” म्युजिक भिडियो भजन सार्वजनिक भएको छ ।

उक्त सांगीतिक अङ्कियदृश्य(भिडियो)भाई ददि ढुंगाना तथा दिदी सिता अर्यालले स्वर दिएका छन् । निर्माण कार्य शारदा ढुंगाना तथा बिनोद अर्यालको संयोजनमा सम्पन्न भएको छ ।

यस म्युज़िक भिडियोमा पिता निल कण्ठ ढुंगाना र अन्य पारिवारिक सदस्यहरुको अभिनय रहेको छ ।

यस भजनको शब्द, संगीत र निर्देशन भने संगीत प्रशिक्षक प्रेम स्वामीको रहेको छ । म्हेपी भगवती मन्दिरमा सुवर्णकुमारले यसको छायांकन गरेका हुन् भने सम्पादन अमृत चापागाईको रहेको छ ।

सीता अर्यालको स्वर प्रिज्म स्टुडियो काठमाडौँमा रेकर्ड गरिएको हो भने ददि ढुंगानाको स्वर मेलोडी स्टुडियो अमेरिकामा रेकर्ड गरिएको हो ।

अमेरिकामा रेकर्ड गर्ने क्रममा सहयोग गर्नु हुने प्रजित श्रेष्ठ र पवन ओली प्रति आभार गरिएको छ ।

प्रतिक्रिया