को हुन् भक्तपुर क्षेत्र नम्बर १ (ख) मा राप्रपाका प्रदेश सभा उम्मेदवार रोशन नापित?

इनेप्लिज २०७९ कार्तिक २१ गते २३:०५ मा प्रकाशित

भक्तपुर: रोशन नापित भक्तपुर क्षेत्र नम्बर १ (ख)मा राप्रपाका तर्फबाट प्रदेश सभा उम्मेदवार हुन्। नापित भक्तपुर नगरमा राष्ट्रवादी युवा नेताको रुपमा परिचित छन। राप्रपालाई देशको बैकल्पिक र निर्णायक शक्ति बनाउने संकल्पका साथ चुनाबी मैदानमा होमिएका नापित राप्रपामा एक उदयीमान नेताको रुपमा रहेका छन।

३३ बर्षीय नापितको राजनीति भने ६२/६३ को राजनीतिक परिवर्तनपश्चात सुरु भएको थियो। परिवर्तनपश्चात देशमा राजसंस्था र हिन्दुराष्ट्रको आवश्यकता महशुश गरि उनी राजनीतिमा होमिएका थिए। नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व बचाउन एउटा राष्ट्रिय प्रतीकको आवश्यक पर्छ भन्ने मान्यता बोकेर राजसंस्था पुनस्थापना गर्ने संकल्पका साथ उनी राप्रपामा सक्रिय छन।

२०६४ पछि राप्रपाको भातृ संगठन राष्टिय प्रजातान्त्रिक युवक संगठनको भक्तपुर नगर अध्यक्ष हुदै बिभिन्न तह र तप्कामा बसेर सक्रिय हुदै आएका नापित ‘युथ भोलेन्टिएर’ भक्तपुरको बरिष्ट उपाध्यक्ष हुदै हाल राष्टिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रिय सदस्य हुन्।

नापितले राजसंस्था पुनस्थापनाको माग गर्दै भएका ठुला ठुला आन्दोलनमा समेत अग्र पंक्तिमा रहेर काम गर्दै आएका छन। नागरिकता बिधेयक, एमसीसी लगायतका सम्झौताको बिरुद्ध उनकै नेतृत्वमा भक्तपुरमा चरणबद्ध रुपमा ठुलो बिरोधका कार्यक्रम भएका थिए।

राजसंस्था पुनस्थापना सहित हिन्दुराष्ट्र पुनस्थापना, संघियता खारेजी र भ्रस्टाचार अन्त्यको लागी उनी राप्रपामा सक्रिय छन। सामाजिक कार्यमा समेत त्यतिकै सक्रिय नापितले विश्वव्यापी कोरोना महामारीको समयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन। भक्तपुरका जनताको हरेक सुखदुखमा साथ दिदै आएका नापित भक्तपुरका कला संस्कृति सभ्यताको संरक्षण गर्ने अभियानमा पनि संलग्न छन। ‘धिमे खल’ मा समेत संलग्न उनी भक्तपुरका मौलिक परम्परा, जात्रा लगायतको संरक्षण तथा प्रबर्द्धनको लागि निरन्तर खटिरहेका छन।

कांग्रेस र कम्युनिष्टले ३० बर्षदेखि देशमा लुटतन्त्र मच्चाएको जनताले बुझिसकेको हुनाले यसपटक राप्रपालाई पहिलो दल बनाउनेमा बिश्वस्त रहेको उनको भनाई छ । मङ्सिर ४ को निर्वाचनमा नेमकिपाको किल्ला तोड्दै यसपटक राप्रपाले भक्तपुर नगरमा खाता खोल्ने नापितको दावी छ । उनी भन्छन- ‘भक्तपुरवासीले राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापना चाहेका छन यसपटक सुझबुझका साथ हलोमा छाप हालेर मलाई जिताउनेमा ढुक्क छु।’

प्रतिक्रिया