अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फबाट नेपाल चलचित्र कलाकार सङ्घ (FAAN) का अध्यक्ष रवीन्द्र खड्का सम्मानित

इनेप्लिज २०७९ कार्तिक २० गते १५:३३ मा प्रकाशित

नेपाल चलचित्र कलाकार सङ्घ (FAAN) केन्द्रीय कार्य समितिका अध्यक्ष रवीन्द्र खड्का अमेरिकामा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन ।

खड्कालाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट अध्यक्ष एबम बरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले सम्मान गरेका हुन । खड्का नेपाली चलचित्रका पुराना र अग्रज कलाकार हुन ।

उनी चलचित्रहरुमा नायकको भूमिका समेत निर्वाह गरिसकेका छन । खड्कालाई बिभिन्न कलाकारहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट बिशेष पदक र सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।

प्रदान गरिएको सम्मान – पत्रमा भनिएको छ “नेपाल चलचित्र कलाकार सङ्घ (FAAN) केन्द्रीय कार्य समितिका अध्यक्ष, अन्तर्राष्ट्रिय कलाकार मञ्चका सल्लाहकार, चलचित्र क्षेत्रका एक उज्ज्वल नक्षत्र, नायक, अग्रज कलाकार तपाईँ श्री रवीन्द्र खड्काज्यू लाई तपाईँले नेपाली कला, चलचित्रका क्षेत्रमा पुर्‍याउनुभएको विशेष योगदानको उच्च कदर गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार, अमेरिकामा बस्ने समस्त नेपालीहरूका तर्फबाट हार्दिक सम्मान गर्दै यो सम्मान – पत्र प्रदान गरिएको छ । तपाईँको नेतृत्वमा अहिले नेपालमा नेपाल चलचित्र कलाकार सङ्घ (FAAN) केन्द्रीय कार्य समितिबाट जे जस्ता काम हरू भइरहेका छन् त्यसका लागि पनि हार्दिक धन्यवाद ज्ञापन गर्दै तपाईँलाई आगामी दिनमा नेपाली कला, चलचित्रका क्षेत्रमा अझ बढी योगदान दिन प्रेरणा मिलोस् शुभकामना । तपाईँको उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु । धन्यवाद ।”

नोभेम्बर ५, २०२२ मा प्रदान गरिएको सम्मान पत्रमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष खनालको हस्ताक्षर रहेको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट सम्मानित नेपाल चलचित्र कलाकार सङ्घ (FAAN) केन्द्रीय कार्य समितिका अध्यक्ष रवीन्द्र खड्कालाई हाम्रो तर्फबाट पनि हार्दिक बधाई ।

प्रतिक्रिया