डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारीको पुर्व टुर भिन्टेज क्याफेमा  बाबरी रङ्गमा

इनेप्लिज २०७९ कार्तिक १८ गते ३:०७ मा प्रकाशित

धरान। डिभाइन वाइनको आयोजनामा भएको  ” डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारी “को पुर्व टुरको पहिलो कार्यक्रम बुधबार धरानको  भिन्टेज क्याफे एण्ड लंज बारमा सम्पन्न भएको छ। 

गायिका अधिकारीले बाबरी रङ्गमा ,टाढा भएपनि,  तिम्रो मायाले बाँधेर राख, तिम्रो घरको वरिपरि काफल कमल ,  , लज्जावती झार , कोहोला त्यो , साली मन पर्यो , रम रम मरौतीं लगायतका आफ्नो एक  दर्जन गीतहरु गाएर दर्शकहरुलाई मनोरंजन दिएका थिए।  उनका प्रत्येक गीतहरुमा दर्शकहरुले गाएर तथा नाचेर उनलाई साथ् दिएका थिए।  उनलाई द न्यु लाइन अप ब्याण्डले  साथ दिएका थिए।  सोही कार्यक्रम बिहिबार  उर्लाबारीको टोटाला रेस्ट्रो एण्ड बारमा समेत सम्पन्न भएको छ।  उर्लाबारीका दर्शकहरुले पनि उनको गीतहरुमा भरपुर आनन्द लिएका थिए। 

सोहि कार्यक्रम १८ गते बिराटनगरको तृष्णा द कार्भिंग टेल्समा र १९ गते बिर्तामोडको मोक्ष रेस्ट्रो एण्ड बारमा आयोजना हुनेछ। 

प्रतिक्रिया