सन्दिप लामिछानेलाई फसाउन युवती कसले परिचालन गर्‍यो, ति युवती को हुन कस्ती छिन ? खुल्यो रहस्य ( भिडियो सहित )

इनेप्लिज २०७९ कार्तिक १७ गते ९:४८ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा आज (बिहीबार) पनि थुनछेक बहस हुँदै छ। बुधबार बहस नसकिएकाले सन्दीपको मुद्दा हेर्दाहेर्दैमा छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा बुधबार सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गरे। उनीहरुले सन्दीपले बलात्कार गरेको दाबी प्रस्तुत गरे

पीडित किशोरीको बयानअनुसार त्यस राति सन्दीप उक्त होटलमा देखिएको, सीसीटीभी फुटेज लगायतबाट उक्त कुरा पुष्टि भएको, राति एउटै कोठामा बसेकोसम्म प्रतिवादीले स्वीकार गरिसकेको र अन्य घटना प्रमाण तथा बयानहरुका आधारमा बलात्कार पुष्टि भएको जिकिर उनीहरुको थियो।

पीडित भनिएकी किशोरीहरुको तर्फबाट अन्य ४ जना कानुन व्यवसायीले पनि बहस गरेका थिए। विभिन्न संस्थाहरुका तर्फबाट उनीहरुले बहस गरेका हुन्। उनीहरुले पनि प्रतिवादी लामिछानेले बलात्कार गरेको जिकिर गर्दै कानुन बमोजिम सजाय हुनुपर्ने मागदाबी गरे।

यता सन्दीपको तर्फबाट पनि २ जना कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरुले लामिछानेमाथि लगाएको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै लामिछानेले सफाइ पाउनुपर्ने दलिल पेस गरे।

सन्दीपको तर्फबाट बुधबार बहस गरेका मुरारीप्रसाद सापकोटाले भने, ‘अभियोग पुष्टि हुने कुनै प्रमाणहरु पेस भएका छैनन्। मिथ्या आरोप लगाइएकाले हाम्रो पक्षले आरोपबाट सफाइ पाउनुपर्छ।’

सापकोटाका साथै रोशनी पौडेलले पनि लामिछानेको पक्षबाट बहस गरेकी थिइन्। उनले पनि अभियोग मात्रै लगाइएको, तर पुष्टि हुने कुनै आधारहरु नै भएकाले आफ्नो पक्ष निर्दोष रहेको उनको जिकिर गरिन्।

सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको भन्दै प्रमाण समेत इजलाससमक्ष पेस गरेका छन्। पीडित भनिएकी किशोरीको जन्मदर्ता, स्कूलमा भर्ना हुँदाका विवरणहरु, बसाइँ-सराइका कागजहरु पेस गरिएको अधिवक्ता सापकोटाले बताए।

प्रतिक्रिया