सन्दीप लामिछानेको बयान उसको चित्त नदुखोस् भनेर नगरकोट गएको थिएँ बेडमा बोलाउदा पनि गइन ( भिडियो सहित )

इनेप्लिज २०७९ कार्तिक १६ गते १०:०८ मा प्रकाशित

बलात्कार आरोपी सन्दीप लामिछानेले उजुरीकर्ता किशोरीले नै कर गरेपछि आफू नगरकोट भएको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले ती किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर गरेको बताएका छन् ।

‘मैले के भयो, म कसरी सहयोग गर्न सक्छु भनेर म्यासेज गरेको थिएँ’, उनले प्रहरीसँगको वयानमा भनेका छन्, ‘होइन, म भेटेर मात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले ठीक छ, अहिले फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौंला भनेको थिएँ ।’

लामिछानेले ५ भदौको साँझ चार बजेतिर उनलाई फोन गरेको बताएका छन् । ‘त्यतिबेला उनले फेरि पटकपटक भेट्ने प्रस्ताव गरेकी थिइन्’, लामिछानेले वयानमा भनेका छन्, ‘मैले आज भेट्न सम्भव छैन भन्दा उनले ठीक छ, तपाईं काम भ्याएर आउनु, म होस्टलमै पर्खी बस्छु भनेकी थिइन् ।’

साँझ आफ्नो बैठक सकिएपछि ‘होस्टलको बाटो हुँदै आउँदैछु’ भनेर जानकारी गराएको उनले भनेका छन् । ‘उनले तपाईं होस्टलतिर नआउनुस् नजिकै लिटल काठमाडौं रेष्टुरेन्ट छ, त्यहाँ कुरेर बस्नुस्, म त्यहीँ आउँछु भनेकी थिइन्’, लामिछानेले भनेका छन्, ‘त्यसपछि उनी त्यहाँ आइन् र सिधै मेरो गाडीको अगाडिको सिटमा बसिन् ।’

किशोरीले त्यसपछि नगरकोट जान भनेको सन्दीपको भनाइ छ ।

प्रतिक्रिया