बिना तेल दियोमा बत्ती पनि कहाँ बल्छ र ?
मुलाको विउ रोपेर गाजर फल कहाँ फल्छ र?
जमानाको माग होकि, संस्कार मासिएको?
विकिनी कपडामा,नाइटो नदेखाइ छोरीको चोला कहाँ चल्छ र?
दुई तर्फिबाट गरिएको माया/प्रेम कहाँ छुट छ र?
अविश्वास र कमजोरी नभईकन सम्बन्ध पनि कहाँ टुट्ट छ र?
शरिरिक सम्पर्कको लागि गासिएको कथित प्रेमलेकहाँ टिक्छ र?
भावनात्मक रूपमा गरिको प्रेम कहाँ पुजीवादमा कहाँ बिक्छ र?
बाटो मा ठेस नलागिकन त खुट्टाको अौला पनि कहाँ फुटछ र?
स्वार्थीपन नभईकन मान्छे पनि कहाँ जुटछ र?
कठै तिम्रा कलियुगका मानवीयता,मुखले राम राम बगलीमा छुरा,
यस्तै यस्तै विचित्रका,कथा ,व्यथा अनि कुरा।
✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक
प्रतिक्रिया