बिक्रम थापा र रिता श्रेष्ठ को आवाजमा पुर्बेली गित सल्लेरी पाखैमा को भिडियो सार्वजनिक भएको छ !

इनेप्लिज २०७९ कार्तिक ८ गते ९:३३ मा प्रकाशित

बिक्रम थापा र रिता श्रेष्ठ को आवाजमा पुर्बेली गित सल्लेरी पाखैमा को भिडियो सार्वजनिक भएको छ।

कृश श्रेष्ठ को प्रस्तुति रहेको गित मा बिक्रम थापाकै संगीत रहेको छ भने भिषण मानन्धर को संगीत सयोजन,मिक्सिङ तथा मास्टरिङ रहेकोछ। गीतलाई सन्तोष कटवालले लेखेका हुन भने हार्मोनिक स्टुडियोमा रेकर्ड गरिएको थियो।

उक्त गीतको भिडियोमा पुष्प खड्का र नग्मा श्रेष्ठ ले फिचरिङ गरेका छन। उत्तम हुमागाईको सिनेमाटोग्राफी,दिल्सन शाहको कलर सम्पादन,प्रशान्त तामाङको कोरियोग्राफी र शृङ्गार सर्मिला सुनुवार को रहेको छ ।

भिडियोको अफिसियल स्पन्सर एभरेस्ट मम प्लस अमेरिकाले गरेको छ । जीवन शाहीको निर्देशन रहेको भिडियो अत्यन्तै उत्कृष्ट बनेको छ । भिडीयो प्राकृतिक रमणिय सल्लेरी पाखा,प्राकृतिक झरनामा छायांकन गरिएको छ।

भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया