सुपरमोडेल प्रीया रानी लामाको इन्डिया इन्टरनेसनल फेसन शोमा सानदार प्रस्तुत

इनेप्लिज २०७९ कार्तिक ६ गते ११:५५ मा प्रकाशित

नेपाली फेसन र मोडलिङ जगतले अन्तर्राष्ट्रिय परिदृश्यमा विगतको तुलनामा थप प्रभावकारी उपस्थिति दिदै आएकोछ । नेपाली फेसन कोरियोग्राफर, फेसन डिजाइनर, सौन्दर्य प्रतियोगिताका विजेता र रनवे मोडलहरू माथी विश्वको ध्यानाकर्षण हुदै गरेको अवस्था पनि छ। भारतको लखनउमा यही अक्टोबर १५ र १६ तारिख सम्पन्न इन्डिया इन्टरनेसनल फेसन वीक (IIFW) नै यसको एउटा उदाहरण हो जहाँ नेपालका चर्चित रनवे मोडेलहरुको सहभागिता रहेको थियो ।

विश्वका विभिन्न देश जस्तै इन्डिया ,रशिया, बंगलादेश ,फिलिपिन्स ,अफगानिस्तानबाट आएका धेरै अन्तर्राष्ट्रिय मोडलहरू मध्ये नेपालका चार अनुहारहरूले यस अन्तर्राष्ट्रिय फेसन सप्ताह २०२२ को रयाम्पमा हिड्ने अवसर प्राप्त गरेका थिए । ती चार मोडेल हुन दिक्पाल कार्की, प्रिया रानी लामा, अनुप कार्की र चन्द्रकला कटुवाल।

तीमध्ये दिक्पाल कार्की, चर्चित नेपाली रनवे, अभिनेता, टेलिभिजन प्रस्तोता, फेसन कोरियोग्राफर र मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को विजेता हुन् भने प्रिया रानी लामा लोकप्रिय रनवे मोडल, अभिनेत्री, टेलिभिजन प्रस्तोता, फेसन कोरियोग्राफर र मिस कस्मोपोलिटन वर्ल्ड २०१९ का विजेता हुन।

अर्कातर्फ मोडल हन्ट नेपाल २०२१ को फस्ट रनरअप र मिस्टर युनिभर्स २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने आधिकारिक प्रतिनिधि बनेपछि अनुप कार्की मोडलिङ क्षेत्रमा छन् भने चन्द्रकला कटुवाल पनि रनवे मोडल हुन् । उनी मोडलिङ र अभिनय क्षेत्रमा व्यस्त छिन।

कार्यक्रममा कहलिएका फेसन डिजाइनरहरुको पनि उपस्थिति रहेको थियो । जसमा प्रसिद्ध बलिवुड डिजाइनर प्रशान्त मजुमदार , बंगलादेशका डिजाइनर सुमन हुसेन , बनारशका डिजाइनर शना अख्तर र नेपालका डिजाइनर सोयाम गुरुङ रहेका थिए ।

इन्डिया इन्टरनेशनल फेसन वीक, IIFW 2022 विवेक सिंहले SRJ इभेन्ट फेसन म्यानेजमेन्ट एण्ड प्रोडक्सनको ब्यानरमा आयोजना गरेका हुन।

प्रतिक्रिया