अमृत आचार्य माइला गुरुले ल्याए “कुहुकुहु” (भिडियो सहित)

इनेप्लिज २०७९ कार्तिक ५ गते ११:२१ मा प्रकाशित

काठमाण्डौ कार्तिक ०५ – स्थायी घर सिन्धुपाल्चोक भएका लोकपिय गायक अमृत आचार्य माइला गुरुले पुनः अर्को गीत सार्बजनिक गरेका छन् । उनि बेशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतामा बिस्वाश गर्दछन् । अमृतले हाल सम्म थुप्रै गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । सोहि कारण पनि उनि नेपाली लोक तथा गीत संगीतका अनुरागीहरु माझ लोकप्रिय छन् ।

अमृतको पछिल्लो समय सार्बजनिक भएको गीत “कुहुकुहु” बोलको रहेको छ । यस गीतमा अमृत आचार्य माइला गुरु र लक्ष्मी खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय सुफिक्स मदनले भरेका हुन् भने शब्द महेश नेपालको रहेको छ । निकै कर्णप्रिय ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा शिशिर बुढाथोकी, आशा भुसाल र आयुष आचार्यको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोमा अभिनय गर्ने मध्य आयुष आचार्य, गायक तथा सर्जक अमृत कै सुपुत्र हुन् । त्यसो त अमृतको छोरी पनि कलाकारिता क्षेत्रमा छिन् । 

माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई निर्देशन शिशिर बुढाथोकीले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन कल्पेश बिस्वकर्माले गरेका छन् । यस गीतका प्रस्तुतकर्ता अमृतले बिगतका आफ्ना गीत संगीतलाई जे जसरी मन पराइदिनु भयो यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन परईदिनु हुने कुरामा ढुक्क रहेका छन् । गीतलाई रामहरी भण्डारी नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । 

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया