खुसिको खबर काजी सापको पछिल्लाे स्वास्थ्य अबस्था एस्तो छ राम्रो सुधार हुँदै (भिडियो सहित)

इनेप्लिज २०७९ कार्तिक ५ गते ३:३० मा प्रकाशित

लोकप्रिय हास्य कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार आएको छ । १० दिन अगाडि निमोनिया लगायतको समस्याका कारण चाबहिलस्थित

मेडिकेयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको स्वास्थ्यमा राम्रो सुधार भएको अधिकारीको श्रीमती शिखा अधिकारीले जानकारी दिइन् ।

दर्शकमाझ ‘काजी साप’ उपनामले परिचित कलाकार अधिकारीलाई सुरुमा आईसियूमा भर्ना गरिएपनि अहिले क्याबिनमा राखिएको छ ।

‘अहिले खाना खान थाल्नुभएको छ । स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । केही दिनमा अस्पतालले डिस्चार्ज दिनेछ’ उनकी श्रीमती सिखाले भनिन् ।

६८ वर्षीय कलाकार अधिकारी सानो पर्दाका विभिन्न हास्य श्रृंखलामार्फत दर्शकमाझ लोकप्रिय छन् थुप्रै फिल्ममा समेत अभिनय गरेका उनी

‘मेरी बास्सै’ श्रृंखलाबाट ‘काजी साप’को रुपमा देखिँदै आएका छन् । अधिकारीले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्

प्रतिक्रिया