बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ सम्पन्न (फोटोफिचर)

इनेप्लिज २०७९ असोज ३१ गते १०:०८ मा प्रकाशित

धरान। दशैँ -तिहारको बिचको समय पारी आयोजना गरिएको चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ गत असोज २९ गते शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ।

उक्त कन्सर्टमा अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुको समेत प्रस्तुति दिएकी थिईन । गायिका मेलीना राईले कम्मरमाथि पटुकी, कुटुमा कुटु , शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान , माया बिरानी , तिमीले बाटो फेर्यो हरे,नाच फिरिरी,कसरी–कसरी ,रातो टिका निधारमा जस्ता आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरंजन दिंदै कन्सर्टलाई समापन गरेका थिए । उनको नृत्य संगै गीत प्रस्तुतिमा दर्शकहरुले उत्तिकै आनन्द लिएको देखिन्थ्यो त्यस्तै डिल्ली फोम्बोले तिम्रो लागि, माईली, तिम्रो सुन्दरता ,म माया लाउँदिन,आउछु म भनेर , कलिलो तामालाई लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई आफ्नो भरपुर प्रतिभा प्रदर्शन गरेका थिए। उनलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ् दिएका थिए । त्यसैगरी सुनिता थेगीमले बिनायो कंगकंग लोकगीत संगै बाबरी चलचित्रको हिट गीत चुलबुल चुलबुल तिम्रो बानी,आँखामा आउने सपनी र तिम्रो मुटु पनि लगायतका गीतहरु प्रस्तुत गरेका थिए भने ।

अहिले चलिरहेको लोकप्रिय रियालिटी शो भोइस अफ नेपाल–४ कि चर्चित प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले ” आजभोली तिमीले हिडनेबाटो मोडयौ र हिउँदोको घाम जसतै लगायतका गीत गाएर दर्शकलाई मननोरञ्जन प्रदान गरेकी थिईन । गायक शुक्रराज लिम्बुले समेत आफ्नो चर्चित गीत तिम्रो कसम , मान्छे लगायतका गीतहरु प्रस्तुत गरेका थिए। सम्पूर्ण कलाकारहरुलाई बिशेष अतिथि समाजसेवी तथा व्यवसायी त्रिभुवन लुङ्गफुङ्गवाले मायाको चिनो प्रदान गरेका थिए ।

एसपी इभेन्ट्स एंड इन्टरटेनमेन्टको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन सम्पन्न भएको उक्त कन्सर्टको मुख्य प्रायोजक बर्डवाइजर बियरसाथै सह – प्रायोजक रुस्लान भोड्का ,रेड्ब्लु इनर्जी ड्रिंक, डिभाईन वाइन,होटल नवयुग,महेन्द्र एक्वा र बिशेष सहयोग एनएच डीडी स्टुडियो हंगकंग र केन्द्र मोशन पिक्चर्सको रहेको थियो। सुन्दर साउण्ड सर्भिसको साउण्ड तथा लाइटले भब्यरुपमा सम्पन्न कार्यक्रम संचालन गोबिन राजभण्डारी र ईक्सा मादेनले गरेका थिए ।

प्रतिक्रिया