अमेरिकी गायक तथा गीतकार कान्ये वेस्टले विवादस्पद लेखे पछि इन्स्टाग्राम खाता प्रतिबन्धित, ट्विटरमा फर्किए

इनेप्लिज २०७९ असोज २३ गते ०:५६ मा प्रकाशित

अमेरिकी चर्चितर्यापर गायक ,गीतकार ,भेषभूषा रुपकार (फेशन डिजाइनर) कान्ये वेस्टको इन्स्टाग्राम खाता प्रतिबन्धितमा परेको छ । यता रोक्कामा पाए पछि उनि अर्को सामाजिक संजालमा ट्विटरमा फर्किएका छन् ।

शुक्रबार मेटा द्वारा निलम्बित भएपछि वेस्टले लगभग दुई वर्षमा पहिलो पटक ट्विटरमा प्रकाशन गरे ।

कानुनी रूपमा आफ्नो नाम परिवर्तन गरेर ये राखेका वेस्टले २०२४ लेखिएको टोपीको तस्बिर ट्विट गरे। इलोन मस्कले “ट्विटरमा फेरि स्वागत छ, मेरो साथी!” भन्दै ट्वीटमार्फत जवाफ दिएका थिए ।

वेस्टले पछिल्लो पटक ट्वीटरमा नोभेम्बर २०२० मा अन्तिम अमेरिकी राष्ट्रपति चुनाव पछि प्रकाशन गरेका थिए। गत शुक्रबार फेरी आफ्नो पहिलो ट्वीट पछि वेस्टले अर्को प्रकाशन (पोष्ट) गरेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।

शनिबार सीएनएन व्यवसायलाई दिएको वक्तब्यमा मेटाका प्रवक्ताले वेस्टको खाताबाट सामग्री प्रतिष्ठानको नीतिहरूको उल्लङ्घन गरेको कारण मेटाइएको बताए र उनको खातामा प्रतिबन्ध लगाइएको थियो।

यस हप्ताको सुरुमा, वेस्टले पेरिसमा आफ्नो ,भेषभूषा प्रदर्शन (फेसन शोमा) “ह्वाइट लाइभ्स म्याटर” कमेज लगाएको र एउटै वाक्यांशको साथ कमेजमा धेरै अस्वेत प्रतिरुप (मोडेलहरू )लगाएको कारण विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया