अमेरिकामा निजी रोजगारदाताले सेप्टेम्बरमा २,८०,००० रोजगारी थप्यो

इनेप्लिज २०७९ असोज २० गते ११:१७ मा प्रकाशित

पेरोल सेवा फर्म एडिपिको तथ्याङ्क अनुसार अमेरिकी श्रम बजारले अपेक्षा भन्दा बढि सेप्टेम्बरमा निजी प्रतिष्ठानहरूले थप कामहरू थपेका छन्।

गत सेप्टेम्बर महिनामा व्यवसायहरूले गत महिना २०८,००० जागिरहरू थपे । डाउ जोन्सले २००,००० अनुमान लगाएको थियो भने अगस्त महिनाको १८५,००० संख्यालाई उछिनेको छ ।

सबैभन्दा ठूलो लाभ व्यापार, यातायात र उपयोगिता उद्योगहरूमा आएको छ । जसले गत महिना १४७,००० नया रोजगारी प्रदान गरेको थियो ।

तर उत्पादनमूलक रोजगारीमा १३,००० र वस्तु उत्पादन गर्ने उद्योगहरूले २९,००० जागिरहरु गुमाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वार्षिक तलबमा पनि एक वर्ष अघिको तुलनामा ७.८ प्रतिशतले वृद्धि भएको छ ।

“हामी स्थिर रोजगारी लाभहरू देखिरहेका छौं,” एडिपिका मुख्य अर्थशास्त्री नेला रिचर्डसनले भनिन्।

श्रम तथ्याङ्क ब्यूरो(बिभाग)ले जुलाईको ११.१७ मिलियनबाट अगस्तमा १०.०५ मिलियनमा रोजगार झरेको बताएको एक दिनपछि प्रतिवेदन गरिएको वृद्धि आएको हो।

सोमबार प्रकाशित संयुक्त राष्ट्रसंघको प्रतिवेदनले मुद्रास्फीतिलाई शान्त पार्न संघिय आरक्षित (फेडरल रिजर्भ)ले ब्याजदरमा निरन्तर वृद्धि गरेको आलोचना गरेको छ भनि युपिआईले समाचार लेखेको छ ।

प्रतिक्रिया