बोस्टन मेट्रो वेस्टमा नयाँ कार्य समिति

- प्रकाश खड्का अभियान २०७९ असोज १९ गते १३:०८ मा प्रकाशित

नेपाली मौलिक पहिचान जोगाउन स्थापित बोस्टन मेट्रो वेस्ट नेपाली कम्युनिटीले पारिवारिक रुपमा वडा दशैँ तथा तिहारको शुभकामनाआदान प्रदान कार्यक्रम सौहार्द रुपमा सम्पन्न गरेको छ।

कार्यक्रम अक्टोबर २ आइतबार बेलुकी ६ बजे सुरु भएर १० बजे सम्पन्न भएको थियो। मङ्गल धुन बाट सुरु भएको उक्त कार्यक्रममास्थानीय कलाकार सरन्या निरौला र साध्वी कार्कीले नृत्य गरेका थिए। स्वरका धनी श्याम घिमिरेले गीत गाएका थिए। स्थानीयबासिन्दाहरूले सामूहिक नाच, र बीच बिचमा युगल जोडीका प्रस्तुतिले उपस्थित सबैलाई रोमाञ्चित पारेका थिए।

निधारमा रातो टिका सँगै आशीर्वाद ,हातमा जमरा सँगै दक्षिणा, र शरीरमा नयाँ कपडा सँगै पुरानो मनमुटाब, वैमनस्यता हटाउँदैठूलालाई आदर र सानालाई कदर गर्न सिकाउने हिन्दुहरूको महान पर्व वडा दशैँ र तिहारको शुभकामना कार्यक्रम सञ्चालक प्रकाशखड्काले दिनु भएको थियो। आगन्तुकलाई स्वागत गर्दै संगीत निरौलाले नेपाली संस्कृति आउँदो पुस्ताले बिर्संदै गएकाले उनीहरूलाईबुझाउन भए पनि कार्यक्रम गर्नु पर्नेमा जोड दिनु भएको थियो। संस्थाको स्थापना कसरी भयो र नेपाली सामुदायिक भवन बनाउन यससंस्थाको योगदान कसरी रहन गयो प्याबफनका प्रतिनिधि विरोचन नेपालले स्पष्ट पार्नु भएको थियो।

दशैँ र तिहारको शुभकामना आदान प्रदान कार्यक्रम गर्दै मेट्रो वेस्ट नेपाली कम्युनिटीले पुरानो कार्यसमितिलाई विघटन गर्दै नयाँकार्यसमिति निर्विरोध मनोनयन गरेको छ | जसमा ; अध्यक्ष – सुरेश ढकाल २ उपाध्यक्ष -जल घिमिरे , महिला उपाध्यक्ष- सानु अधिकारी३ महासचिव – प्रकाश खड्का ४ सचिव – विजय कार्की ५ कोषाध्यक्ष – संगीत निरौला सदस्यहरू १ राधाकृष्ण पन्त २ चिरञ्जीवीआचार्य ३ सिन्धु पोख्रेल ४ बिनोद उप्रेती ५ सरोज सिटौला ६ राजेन्द्र खड्का ७ शारदा रावत ८ दामोदर उप्रेती ९ हरिराज मैनाली १० थमनगिरि ११ बलराम पाण्डे १२ शान्ति धिताल १३ टंकनाथ नेपाल १४ मिनेश श्रेष्ठ १५ विशाल कार्की रहेका छन् ।

नेपाली कला, भाषा ,संस्कार, र संस्कृति अर्को पुस्तालाई हस्तान्तरण गर्न सहयोग पुर्याउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धताअध्यक्ष सुरेश ढकालले गर्नु भएको थियो ।

विगत दश वर्ष देखि संस्थाको नेतृत्व गर्दै आउनु भएको उहाँले नयाँ कार्य समितिलाई बधाई दिँदै संस्थाको पहिलो बैठक बाट सल्लाहकारसमितिलाई पूर्णता दिने जानकारी गराउनु भएको थियो ।

स्थानीय मनकारी नेपालीहरुले आर्थिक, भौतिक सहयोग गरि कार्यक्रम सफल बनाएका थिए । फोटोग्राफर राजु बजगाईलेउपस्थितहरुको इच्छा बमोजिम तस्बिर खिचेर कार्यक्रमलाई स्मरणीय बनाएका थिए ।

 – प्रकाश खड्का अभियान

प्रतिक्रिया