नेपालमा टीकाको साइत अनुसार ११ः५१ बजे देखि नै टीका लगाउन सुरु,नेपाल भरि सर्वसाधारण टीका लगाउदै

इनेप्लिज २०७९ असोज १९ गते ११:०८ मा प्रकाशित

नेपाल भरि आज बडा दशैँको १० औ दिन टीकाको साइत अनुसार ११ः५१ बजे देखि राष्ट्रपति देखि सर्वसाधारणले टीका लगाउन सुरु गरेका छन् । यो क्रम नेपाल भरि जारी रहेको छ ।

आज बडादशैंको दशौं अर्थात मुख्य दिन भएकोले आफूले मान्नु पर्ने संग टीका थाप्न र आफन्तका घर घरमा गएर जम्मा भएर टीका जमरा लगाएर आशीर्वाद साटासाट गरेका छन् ।

टीका जमरा लगाएका बृद्ध देखि बालबालिकाहरु टीका थाप्न गल्ली ,सडकमा र राजमार्गमा सवारी साधन सधितमा निस्किन थालेका छन् ।

घटस्थापनादेखि सुरु भएको नवदुर्गा पूजा पनि सकिसकेको छ । आजै देवीलाई बिसर्जन गरिसकिएको छ ।

राष्ट्रपति भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी थिइन् । बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिएकी छिन् ।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवास पुगेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाईदिएका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेका छन् । बुबा मोहन प्रसाद ओली र ठुलीआमा हरिमाया ओलीको हातबाट अध्यक्ष ओलीले दसैँको टीका ग्रहण गरेका हुन् ।

त्यसपछि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए । ओली हाल झापामा रहेका छन् । शान्ति प्रक्रियापछि दशैं प्रवेश गरेको प्रचण्डको परिवारले यो वर्ष पनि दशैं मनाएको छ ।

प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिएका छन् तर उनले भने टीका ग्रहण गरेका छैनन् ।

प्रतिक्रिया