म परदेशीको दशैंको टिका

शशी के.सी २०७९ असोज १८ गते २०:०१ मा प्रकाशित

नेपालमा दशैंको टिका शुरू हुन केही घण्टा मात्र बांकी छ । आफ्ना आमाबुबा तथा घरको मुख्यमान्यजनको हातबाट टिका थाप्न लगभग सबै जसो जन्मथलो वा घर पुगिसकेका होलान्। घरघरमा चटारो होला खाममा दक्षिणा ठिक पार्ने, टिका लगाउन आउनेलाई खुवाउने परिकार तयार पार्ने आदी इत्यादी ।केटाकेटीहरू त भोली टिका थाप्दा लगाउने लुगा, जुत्ता साथै राखेर सुतेका होलान्। कम्ता रमाईलो भईरहेको होला र ! सोच्दै मन आनन्द भएको छ ।

मेरो बिचारमा दशैंको टिकाको सबैभन्दा ठुलो महत्व वा मुख्य आकर्षण भनेको चाहीं आफ्ना आमाबुबाको हातबाट टिकाको पहिलो दिन नै टिका थाप्न पाउनु र आर्शिर्वाद लिनु हो जस्तो लाग्छ । किनकी टिकाको दिन संतानहरू घरबाट टाढा वा परदेशतिर हुने आमाबुबाले आफ्ना संतानलाई टिका लगाईदिन नपाईने भयो भनेर निक्कै गुनासो गर्छन् । कति त फोन तथा भिडियो कलमा कुरा गर्दै, आशिर्वाद दिंदै तरक्क रून्छन् पनि ।

कति त फोन तथा भिडियो कलमा कुरा गर्दै, आशिर्वाद दिंदै तरक्क रून्छन् पनि ।

त्यस्तै म र म जस्तै घरदेशबाट टाढा रहेका परदेशीहरू एकातिर दशैं आउॅंदा खुशी हुन्छौं । अर्कोतिर आमाबुबाको हातबाट टिका लगाउन नपाउॅंदा दुखी पनि हुन्छौं । तर परिस्थिति जे छ त्यो स्वीकार्नै पर्र्यो।

आज नवमीको दिन यो लेख लेखिरहॅंदा चाहीं यसो सोचें मैले अहिलेसम्म आमाबुबाको हातबाट दशैंको दिन टिका कति पटक चाहीं लगाएको रहेछु त ?

सबैभन्दा पहिले बाल्यकाल सोच्दा, स्कुल पढ्न शुरू गर्नु अगाडी त आमाबुबासॅंगै हुर्किएं, दशैंको टिकालगाई नै हालें । तर स्कुले जीवन होस्टेलमा बित्यो घरबाट टाढा, अनि बुबा पनि सरकारी जागिरेकहिले कता, कहिले कता सरूवा हुने । फेरी हाम्रो स्कुलले दशैंको विदा मात्र दिने, तिहारसम्म लामोविदा नदिने । याद भएसम्म नजिक सरूवा हुंदा कुनै दशैंमा आमाबुबासॅंगै दशैं मनाएं र दशैंको टिका लगाएको थिंए । नत्र त काठमाडौंमा कहिले मामाघर, कहिले कोही आफन्तकोमा बसेर दशैं मनाएको थिंए।

दशैंको लुगा, जुत्ता पनि होस्टेल बस्ने, धेरै आवस्यक नपर्ने हुनाले सधैं नॅंया किनेको पनि हो जस्तो लाग्दैन् । बरू जाडोको लामो २ महिनै छुट्टीबाट होस्टेल फर्कॅंदा किताब, लुगा, जुत्ता आदी सबै नंया किन्दिने गर्नु हुन्थ्यो।

स्कुलपछि कलेज पढ्दा बुबाआमाहरू काठमाडौंमा नै हुनुहुन्थ्यो । घरमा बसेर नै कलेज पढें। त्यो बेलाचाहीं मज्जाले दशैं लगायत अरू चाडपर्व घरमा नै मनाएं। अरूले जस्तै नॅंया लुगा, जुत्ता किने। घरमा टिका थापेर, मामाघर, ईष्ठमित्र सबैको घरघरमा गएर टिका लगाएं।

बिबाह पछि केही बर्ष नेपाल हुंदा घर, माईती सबैतिर पालैपालो पुगेर टिका लगाएं। त्यसपछि अहिले लगभग दुई दशक भयो परदेशिएको पनि ! कताको दशैं अनि अरू चाडबाड नेपालमा मनाउन पाउनु ? जॅंहा, जोसॅंग, जस्तो जुर्छ त्यहि अनुसार दशैंको टिका लगाईन्छ ।

जॅंहा, जोसॅंग, जस्तो जुर्छ त्यहि अनुसार दशैंको टिका लगाईन्छ ।

तर यत्रो बर्ष परदेशमा नै रहॅंदा पनि कुनै कुनै दशैंमा चाहीं आमाबुबा नेपालबाट घुम्न आउनु भएकोले गर्दा दशैंको टिका उॅंहाहरूको हातबाट लगाउन पाईयो । त्यस्तै चार बर्ष अगाडी, सत्र बर्ष पछिआमाबुबाको हातबाट नेपालमा पुगेर दशैंको टिकाको दिन नै टिका लगाउन जुरेको थियो ।

यसरी बिभिन्न समयमा दशैंको टिका लगाएको सोच्दा, आमाबुबाको हातैबाट सर्धैं त टिका लगाएको रहेनछु । यो बर्ष पनि हातैबाट टिका त लगाउन जुरेन् । अमेरिका आएको शुरूका बर्षतिर त फोनबाट टिका लगाईन्थ्यो । तर अहिले त ईन्टरनेटको सुविधा छ जताततै । उॅंहाहरूसॅंग भिडियो कल गर्छु रअनुहार देखाएर भर्चुवल संसारबाट टिका ग्रहण गर्छु ।

उॅंहाहरूसॅंग भिडियो कल गर्छु रअनुहार देखाएर भर्चुवल संसारबाट टिका ग्रहण गर्छु ।

अर्को साल पक्कै जुर्ला आमाबुबाको हातबाट टिका थाप्न घरदेश वा परदेशमा !

अन्त्यमा, श्याम के.सी जीको फेसबुकको पोष्ट सापट लिंदै

“ बाँडिएर हामी यत्र तत्र भूगोलमा

अनि छिन्न भिन्न पुस्तामा

दशैं अब अन लाइन

फेसबुक, भाइबर, र ट्वीटमा

खोइ अब दशैं कहिले होला मूल घरमा ? “

यो बर्षको दशैंको शुभकामना सबैलाई !

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया