आयो सौगात,आर्यन र बर्षाको ‘लाखे’ को ट्रेलर

इनेप्लिज २०७९ असोज १८ गते १०:१५ मा प्रकाशित

काठमाडौं÷१७ असोज ।

सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ को ट्रेलर फूलपातिको अबसर पारेर आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनीक गरिएको छ । फस्र्टलुक पोस्टर र टिजर सार्वजनीकसँगै चर्चामा रहेको ‘लाखे’ दिपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ ।

सम्राट बस्नेत निर्देशीत फिल्मको ट्रेलरमा सस्पेन्स,थ्रीलर,एक्शन तथा सेन्टिमेन्टसको समीश्रण देखिन्छ । टे«लरमा फिल्ममा सबै मुख्य कलाकारलाई समेटिएको छ । फिल्ममा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन ।


औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।
हेर्नुस् ट्रेलर–

प्रतिक्रिया