अध्यावधिक गरिएको : फ्लोरिडामा आएको आँधी इअनबाट मृत्यु हुनेको कुल संख्या कम्तिमा ७६ ,६ लाख घरमा अझै बिद्युत बिच्छेद

इनेप्लिज २०७९ असोज १७ गते १२:१९ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको फ्लोरिडा राज्यमा आएको आँधी इअनबाट मृत्यु हुनेको कुल संख्या कम्तिमा ७६ पुगेको छ । सिएनएनका अनुसार ६ लाख २८ हजार घरमा अझै बिद्युत बिच्छेद भएको जनाईएको छ ।

समुन्द्री आँधीले ल्याएको आँधीले छरछिमेकमा फोहोरको थुप्रो जताततै ल्याएको छ । मानिसहरु धमाधम सफा गर्ने कार्यमा अहोरात्र खटिएका छन् । सडकमा
पानी पसेकोले जताततै फोहोरको डङ्गुर लागेको छ ।बेपत्ता भएकाहरुको उद्धार टोलीले खोजी गरि रहेका छन् ।

फ्लोरिडामा गत हप्ता श्रेणी ४ को तुफान जमिनमा जहरे पछि तहस नहस गरेको थियो भने ईतिहास कै सबै भन्दा ठूलो क्षति पुर्याएको छ ।

तटीय शहरहरूमा बाढी घरहरू भित्र छिरेको ,घरहरूको छाना भत्काएको ,भवनहरूमा डुङ्गाहरू उडाएको ,सवारी साधनहरु बगाएको र अन्य कारणले हाल सम्म ७६ जनाको मृत्यु भएको पुष्टि गरेको छ। इअनले नर्थ क्यारोलाईन क्यारोलिनामा आँधी-सम्बन्धित घटनाहरूमा अन्य चार जनाको मृत्यु भएको छ ।

गत हप्तादेखि दक्षिणपश्चिम र मध्य फ्लोरिडाका केही भागहरूमा आएको आँधी इअनबाट १,६०० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको गभर्नर रोन डेसेन्टिसको कार्यालयले आइतबार बताएको छ ।

प्रतिक्रिया