ह्यारी भण्डारीलाई हराउन सशक्त रुपमा मेरिल्याण्डका रिपब्लिकन गभर्नरका उम्मेदवार डान कक्स लाग्दै

इनेप्लिज २०७९ असोज १६ गते २१:२० मा प्रकाशित

मेरिल्याण्डका बिधान सभा सदस्य ह्यारी भण्डारीलाई हराउन सशक्त रुपमा मेरिल्याण्डका रिपब्लिकनका गभर्नरका उम्मेदवार डान कक्स लागेका छन् ।

रकम सहयोग गर्न यहाँ थिच्नु होला :

https://secure.actblue.com/donate/harryfordelegate?fbclid=IwAR3ABXmHfpoq1gNNQQaMx3eUyHfOkogOEL_IDvEPnJuzsVDLYSmKU2DOXSA

मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ को लागि दोश्रो पटक डेमोक्र्याटिक दलको तर्फबाट उम्मेदवारी दिएका नेपाली मूलका डा ह्यारी भण्डारी (विधा वारिधि) बिरुद्ध मेरिल्याण्डका रिपब्लिकनका ट्रम्पका कट्टर समर्थक गभर्नरका उम्मेदवार डान कक्सले चुनावी अभियानमा थुप्रै आरोप लगाएका छन । यस्ता आरोपहरु चुनावका मुखमा अझै आउने गर्छन ।

उनले चुनावी मैदानमा रहेका डा ह्यारी बिरुद्ध थुप्रै मुद्धाहरु उठाई मतदान नर्गन भनि घरघरमा प्रचार सामग्रीहरु पठाएका छन् । र रिपब्लिकन दलका उम्मेदवारहरुलाई जिताउन आह्वान गरेका छन् ।

उनले ह्यारीलाई हराउन त्यस क्षेत्रमा रहेका मतदाताहरुका नाममा पठाएका प्रचार सामग्रीहरुले नकारात्मक प्रभाव पार्नेछ । तटस्थ रहेका मतदाताहरु दुबिधामा पर्ने सम्भावना बढेर आएको छ । कक्स अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक हुन् भने कक्स ट्रम्प कै समर्थनमा रिपब्लिकनमा प्राथमिक निर्वाचन जितेका उम्मेदार हुन् ।

जनवरी ६ मा भएको संसद बिद्रोह घटना सम्बन्धमा ट्रम्पको पक्षमा उभिएका र राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति पदमा बन्चित गर्न पूर्व उपराष्ट्रपती माइक पेन्सले राम्रो भूमिका निर्वाह नगरेको भन्दै पेन्स बिरुद्ध लागेका उम्मेदवार हुन् ।

डा भण्डारीको मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ का मतदाताका घर घरमा कक्सले पठाएको सामग्रीहरुको प्रतिउत्तर दिन उनले उठाएका मुद्धाहरुलाई सम्बोधन गर्न १५-१६ पटक आफूले गरेको कार्यसम्पादनका प्रमाणहरु पठाउनु पर्ने हुन्छ ।

डा भण्डारीको निर्वाचन क्षेत्रमा १ लाख २८ हजार भन्दा ज्यादा जन संख्या रहेको छ भने मतदाता मात्रै १ लाख भन्दा ज्यादा रहेको छ ।

त्यसको लागि अमेरिकामा पुन अर्थको आवस्यकता पर्दछ । चन्दा संकलन नै चुनाव जित्ने मुलाधार पनि हुन्छ । भण्डारीले जवाफ दिदै राम्रा कामको बारेमा बताउनु पर्ने हुन्छ । नदिएमा नोभेम्बर ८ मा दोश्रो पटक हाम्रो आवाज पुर्याउने र प्रतिनिधित्व गर्ने उम्मेदवार चयन नहुन पनि सक्ने हुनाले यस समयमा ह्यारी भण्डारीलाई नेपाली समुदायले जे जति सहयोग गर्न सक्छन नेपाली समुदाय एक ढिक्का हुनु पर्ने अपरिहार्यता भएको छ ।

नेपाली समुदायमा ईतिहास रचेका र पहिलो सांसद भएका भण्डारीले निर्वाचित भै सके पछि नेपाली समुदायलाई पुर्याएको योगदान र सहयोगको जति नै प्रशंसा गरे पनि कम हुन्छ ।

उनले चार वर्षमा अमेरिकाकै सबैभन्दा पुरानो संसदको तल्लो सदन मेरिल्याण्ड बिधान सभा (हाउस अफ एसेम्बेली)सदस्यको रूपमा १४ विधेयकलाई कानून बनाउने सफलता हासिल गरि सकेका छन् ।

दशैलाई नेपालमा उत्पति भएको सांस्कृतिक चाडका रूपमा उल्लेख गरेर दशै विधेयक सदनमा प्रस्तुत गरेको र तल्लो सदनमा ऐतिहासिक दुईदलीय (बाइपार्टिसन) मतका साथ पारित गराएका थिए ।

मेरिल्याण्डमा भएको एक बन्दुक आक्रमणमा मारिएका नेपाली युवाका नाममा सागर घिमिरे बिधेयक (एक्ट)प्रस्तुत गरेका थिए । साथै उक्त क्षेत्रमा ५० बर्षको ईतिहासमा ३ वटा नया बिधालयहरु निर्माण गराउन भूमिका निर्वाह गरेका छन ।

कोभिड कहरको बेला नेपालमा औषधी र स्वास्थ्य सामग्री पठाउनेदेखि हजारौ नेपालीलाई बेरोजगार भत्ताका लागि मार्गप्रशस्त गरिदिएका छन । धेरै नेपालीमुलका बिधार्थिले पहिलोचोटी उहाको कार्यालयबाट छात्रवृद्धि पाएका छन । अमेरिकामा दु:खद निधन भएका दुई दर्जनभन्दा बढी नेपालीको शव व्यवस्थापनको संयोजन गरि दिएका थिए र अहिले पनि गरि रहेका छन् ।

नेपाली सांस्कृतिक सामाजिक केन्द्रका लागि लाखौ डलर राज्य कोषबाट अमेरिकाकै ईतिहासमा पहिलो पटक रकम नै छुट्याई दिएका थिए । उनले खेलेको भूमिका सराहनीय र प्रशंसनीय छ । नेपाली समुदायले उनको त्यो भूमिका कहिले भुल्ने छैनन ।

तस्बिर कृतज्ञता : बाल्टिमोर सन्

उनको निर्वाचन क्षेत्र कुनै पनि दलले जित्न सक्ने पर्पल निर्वाचन क्षेत्र हो, २०१८ मा उनले जित्दा १२ वर्षपछि बहालवाला सांसद एवम रिपब्लिकनका राज्य निर्देशकलाई हराएका थिए । त्यसैले उक्त क्षेत्रलाई रिपब्लिकनले आफ्नो क्षेत्रदाबी गरि रहेका छन ।

आप्रवासीहरूको पातलो बसोबास रहेको यो क्षेत्रमा ३१ एसियायी तथा प्यासिफिक आइल्याण्डरका मूलका आप्रवासीको संख्या ६ प्रतिशतको हाराहारीमा छ । गत वर्ष सम्पन्न जनगणनाका आधारमा निर्वाचन क्षेत्रको पुन: सिमाङ्कन हुँदा पुराना ५ प्रिसिङ्ट काटेर अन्य निर्वाचन क्षेत्रमा पारिएको छ भने रिपब्लिकन बहुल ५ प्रिसिङ्ट उनको क्षेत्रमा परेको छ । उनको क्षेत्रमा ३४ प्रिसिङ्ट रहेका छन् । यस क्रममा थोरै संख्यामा रहेका नेपाली सहितका एसियाली मूलका मानिसको बसोबास क्षेत्र पनि अन्य निर्वाचन क्षेत्रमा पर्न गएको छ ।

उनले अमेरिकामा नेपाली देखिने र सुनिने अभियानको निरन्तरताका लागि पनि यो चुनाव जित्नैपर्ने हुन्छ, यदि जितिएन भने यो अभियानको क्रमभङ्ग हुन्छ र फेरि जोड्न सहज हुदैन । यस अर्थमा पनि उनले यो चुनाव जित्नैपर्ने भएको छ । उनको व्यक्तिगभन्दा पनि अमेरिकाको समग्र नेपाली समुदायकै प्रतिष्ठाको विषय भएको छ ।

अर्थ संकलन गर्न डान कक्स पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मारा लागोमा जादैछन् । एक टिकटको लागि बाल्टिमोर सन पत्रिकाका अनुसार १७७६ डलर र ट्रम्प र डान कक्स संग एकल तस्बिर खिच्न २५ हजार डलर तिर्नु पर्ने छ । रिपब्लिकनले हराउनु पर्ने ५ वटा राज्य संसद मध्ये रिपब्लिकनको भण्डारी निसानामा परेका छन् । डान कक्स र ह्यारी भण्डारी दुवै मेरिल्याण्ड राज्यका सांसद हुन् भने पटक पटक बिधेयकहरुमा बहस हुँद दुवै जना दुईवटा ध्रुबमा उभिने गर्थे ।

एसियन बिरुद्ध भएको हिंसापूर्ण आक्रमणमा संसदमा भण्डारीले बिधेयक प्रस्तावमा पारित गर्नु अगाडी दुवैजना दुवै ध्रुबमा पुगेका थिए भने त्यसो त भण्डारी एपीआईका दुवै सदनको कार्यकारी उपाध्यक्ष समेत रहेका छन् ।

एक टिकटको लागि बाल्टिमोर सन पत्रिकाका अनुसार १७७६ डलर र ट्रम्प र डान कक्स संग एकल तस्बिर खिच्न २५ हजार डलर तिर्नु पर्ने छ ।

डान कक्सले राजनैतिक बदला लिने अवसरको रुपमा प्रयोग हुन् सक्छ भने ह्यारी ठूलो चेपुवामा परेका छन् । यस अवस्थामा हामी सबै सबै नेपाली समुदायले सहयोग गर्नु पर्ने आवस्यकता देखिन्छ ।

हाम्रो प्रतिनिधित्व र हाम्रो आवाज निरन्तरता होस् भन्ने हामी सबैको चाहना भएकोले डा भण्डारीलाई केवल एक महिना मात्र रहेको अवस्थामा जे जति हुन्छ आर्थिक सहयोग गर्न सकिएमा हाम्रो समुदायको प्रतिनिधित्व हुने र थुप्रै कुराहरु नेपाली समुदायले प्राप्त गर्ने सक्नेछन् । यो हाम्रो लागि एक अवसर पनि हो । उनि पराजित भएको हामी हेर्न चाहदैनौ । उनले राम्रो काम गरेको कारण डेमोक्र्याट दलले प्राथमिक निर्वाचनमा उनलाई सर्वसम्मति गराएको थियो । यो हाम्रो लागि गौरवको कुरा हो ।

कक्सले डेमोक्र्याट्सलाई हराउने सामग्रीहरु घर दैलो अभियानमा पठाएकोले अमेरिकामा मतदाता निकै सचेत भएकोले डेमोक्र्याट्सका उम्मेदवारलाई यस्ता चिजहरुले समेत क्षति गर्न सक्दछ ।

भण्डारीलाई दोश्रो पटक पुनर्निर्वाचित गराउन हाम्रो पनि भूमिका हुन् सक्ने भएकोले अन्तिम पटक उहालाई नेपाली समुदायले सहयोग गर्न सकोस भन्ने हाम्रो सबैको चाहना र कामना रहेको हामीले बुझेका छौ ।

मेरिल्याण्डका रिपब्लिकनका गभर्नरका उम्मेदवार डान कक्सले घर-घरमा पठाईएका सामग्रीहरु नेपाली समुदाय पनि अवगत हुन सकोस भन्ने हेतुले जानकारीको लागि नत्थी गरिएको छ ।

दोश्रो पटक पनि डा ह्यारी भण्डारीले जितेको देख्न पाइयोस र हाम्रो आवाज निरन्तर रही रहोस भन्ने शुभकामना सहित बिजयी भएको खबर यो कानले सुन्न पाईयोस ।

रकम सहयोग गर्न यहाँ थिच्नु होला :

https://secure.actblue.com/donate/harryfordelegate?fbclid=IwAR3ABXmHfpoq1gNNQQaMx3eUyHfOkogOEL_IDvEPnJuzsVDLYSmKU2DOXSA

प्रतिक्रिया