गायक केशव दाहालको स्वर तथा अर्जुन दाहालको शब्दमा मार्मिक गीत सार्वजनिक

इनेप्लिज २०७९ असोज १६ गते १५:१८ मा प्रकाशित

अमेरिकाको कनेक्टिकटमा बस्दै आएका गायक केशव दाहालको स्वर तथा नुन चिनी पानीका परिकल्पनाकार अर्जुन दाहालको शब्दमा मार्मिक गीत सार्वजनिक भएको छ ।

“माटो छुंदै, रुँदै रुँदै, धेरै भयो प्रदेश आएको कसो गरि बिर्सुं बाबा फर्कि आउने कसम खाएको ।” नामक गीत सेप्टेम्बर २९ ,२०२२ का दिन सार्वजनिक भएको छ ।

बालबच्चा र चाबी ताल्चा पियारीलाई जिम्मा लगाएर बिदेश भासिनेहरुको प्रतिनिधि भावना यो गीतले गहकिलो गरि बोकेको छ ।

सुमधुर स्वर र लयमा केशव दाहालले माथिका भावनालाई समेटेर दर्शक स्रोता बीच आफ्नै यूट्युब च्यानलबाट पस्केका छन । आमोसले उत्कृष्ट एरेन्ज गरेका छन ।

हास्यव्यंग्य र पत्रकारितालाई संगसंगै डोहोर्याएर हिंड्दै गरेका नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार अर्जुन दाहालले यो गीतको शब्द भर्ने काम गरेका छन। यो भन्दा अगाडि केशव दाहाल र पुस्तका खड्काले नै गाउँनु भएको दम्दार भ्रष्टचार बिरोधि गीतमा पनि उनै अर्जुन दाहालले शब्द कोरेका थिए।

गीत सुन्न यहा थिच्नु होला :

प्रतिक्रिया