इन्डोनेसियामा भकुण्डो खेलबाट बाहिरिने क्रममा भागदौड हुँदा १२९ जनाको मृत्यु

इनेप्लिज २०७९ असोज १६ गते १:४६ मा प्रकाशित

इन्डोनेसियामा भकुण्डो खेलबाट बाहिरिने क्रममा भागदौड हुँदा १२९ जनाको मृत्यु भएको छ ।

प्रहरीले झगडा रोक्न अश्रु ग्यास प्रहार गरेपछि भागाभाग हुँदा १२९ जनाको मृत्यु भएको छ, जसमा अधिकांशलाई कुल्चिएर मृत्यु भएको प्रहरी विभागले आइतबार जनाएको छ।

इन्डोनेसियाली प्रिमियर लिगको खेल पर्सेबाया सुराबायाले अरेमा मलंगलाई ३-२ ले हराएपछि पूर्वी जाभा प्रान्तको मलंग शहरको कान्जुरुहान रङ्गशाला मा दुई प्रतिद्वन्द्वी भकुण्डो टोलीका समर्थकहरू बीच झगडा भएको थियो।

शनिबार अबेर राति खेल सकिएलगत्तै भएको झगडामा दंगा प्रहरीले अश्रु ग्यास प्रहार गरेका थिए । जसले दुवै टोलीका समर्थकहरूमा त्रास फैलाएको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताए।

अश्रु ग्यासबाट बच्न सयौं मानिसहरु बाहिर निस्कने मूलद्वारतिर दौडिए । केही भागदौड हुँदा कोलाहलमा निसासिए र अरूलाई कुल्चिए पछि लगभग तुरुन्तै ३४ जनाको मृत्यु भएको उनले बताए ।

घाईतेहरुको उपचारका लागि ३०० भन्दा बढीलाई नजिकैको अस्पतालमा लगिएको थियो तर धेरैको बाटोमै र उपचारको क्रममा मृत्यु भएको अफिन्टाले बताए ।

मृतकको संख्या अझै बढ्ने सम्भावना रहेको र लगभग १८० जना घाइते पीडितहरूको अवस्था बिग्रँदै गएको उनले बताए । यस्तै घटना नेपालको रङ्गशालामा भएको थियो तर त्यसबेला वर्षा हुँदा भागाभाग हुँदा ढोका बन्द भएकोले एक माथि अर्को गर्दै जाँदा थिचिएर मरेका थिए ।

श्रोत : एपी/एबिसी

प्रतिक्रिया