कैलाली कारागारमा भण्डारीद्वारा सेनेटरीप्याड बितरण

इनेप्लिज २०७९ असोज १५ गते १९:५२ मा प्रकाशित

धनगढी
असोज 15
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा क्षेत्र न।५ बाट उम्मेदवार क्षितिज भण्डारीले आक्रमक चुनावी प्रचारसंगै निर्वाचन आचारसंहिता बिपरित खसी देखि सेनेटरी प्याड र स्वास्थय सामाग्री बाडन शुरु गरेका छन् ।
समाजसेवी युवानेता भण्डारीले आफू लोकतान्त्रिक आन्दोलनमा दर्जनौं पटक जेल गएको सम्झना गर्दै कैलाली कारागार मा पनि ३ महिना जेल गएकोले जेलहरु मा दशै आदिमा खसी दिदै आएको सम्झना गर्दै ६१८ कैदीबन्दी लाई स्वर्गीय बाजे डिल्लीराज भण्डारीको स्मृतीमा स्वास्थय सामाग्री, सेनेटरी प्याड आदि बाडेको छन् । धनगढीमा चुनावी भोजभतेरसंगै सबै वार्ड म पम्पलेटिङ्ग गर्दै चुनावी कार्यालय खोलेका भण्डारी को बाड्ने काम को विपक्षि दलले भने आलोचना गरेका छैनन् ।

वालबालिका लाई चककेट र खाजा दिदै भण्डारीले नेपालको कारागारमा कानुनी परामर्शको अभावमा धेरै युवा बलात्कार, लागु औषधि र कर्तब्य ज्यान मुद्दामा जबर्जस्ति फसेको चर्चा गर्दै आफू संसदमा चुनाव जितेपछि जेलको स्त्तरोन्ती गरेर मायाघर, सुधार र तालिमगृह बनाउने बताए ।

कार्यक्रमका आयोजक श्री श्री रविशंकरको आर्ट अफ लिभिङ्ग का सुदुरपश्चिम प्रदेश सयोजक नवीन ओझाले युवानेत भण्डारी को सहयोग कैदी बन्दी लाई गृह मन्त्रालयको अनुमती लिएर बाडेको बताउदै ८ दिनसम्म जेलमा योग र द्य्यान प्रशिक्षण कार्यक्रम समेत जेलर नरबहादुर थापाको अनुमती मा संचालन भैरहेको बताए ।

प्रतिक्रिया