नेकपा एमाले म्याराथन दैडिने पार्टी हो – अध्यक्ष ओली

इनेप्लिज २०७९ असोज १५ गते १९:४८ मा प्रकाशित

विराटनगर,१५ असोज (रासस)ः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताउनु भएको छ ।

मोरङ,१५ असोज (रासस): नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिवार विराटनगरमा आउँदा विमानस्थलमा साना केटाकेटीहरुसँगको फोटो खिचाउँदै ।तस्बिर : मनोज दाहाल ÷रासस;

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले राष्ट्रिय पार्टी भएकोले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्ने लहर चलेको प्रष्ट पार्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो –‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ ,यो रिले रेस होइन म्याराथन दैडिने पार्टी हो ’।

मोरङ,१५ असोज (रासस): नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिवार विराटनगरमा विमानस्थलमा कार्यकर्ताहरुद्वारा स्वागत गर्दै । तस्बिर : मनोज दाहाल ÷रास;

उहाँले यो ढोड्को लौरो टेक्ने पार्टी होइन आफ्नो खुट्टामा भर परेर हिड्ने पार्टी भएकोले आगामी निर्वाचनमा वहुमत ल्याउने दावी गर्नु भयो । पूर्वप्रधानमन्त्री ओलीले एमालेको एजेण्डा भनेको देश , जनता,शान्ति सुव्यवस्था,भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्वोधन गर्ने भएकोले निर्वाचनमा जनताले यसको पक्षमा मतदान गर्ने विश्वास व्यक्त्त गर्नु भयो ।

उहाँले आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीहरुसँग सहमती कायम हुने सक्ने बताउनु भयो । एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले बर्तमान कामचलाउ सरकारले संसद नभएको समयमा दुरगामी महत्वका अध्याधेश ल्याउनु गलत हो भन्नु भयो ।

मोरङ,१५ असोज (रासस): नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिवार विराटनगरमा विमानस्थलमा मुलुकको समसामयिक विषयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ।तस्बिर : मनोज दाहाल ÷रासस

उहाँले यो सरकारको काम भनेको दैनिक कामकाज सञ्चालन गर्नु र शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्नु मात्र भएको विचार व्यक्त्त गर्नु भयो । अध्यक्ष ओली पार्टीले अहिलेसम्म आगामी निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम छनौट नगरेकोले वाहिर आएको विभिन्न थरिका हल्लामा कुनै सत्यता नभएको प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया