अध्यावधिक गरिएको : समुन्द्री आँधी हुरी साउथ क्यारोलाइनामा ,फ्लोरिडामा मृत्यु हुनेको कूल संख्या ४५

इनेप्लिज २०७९ असोज १५ गते ११:१५ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा आएको समुन्द्री आँधी इअनबाट हाल सम्म ४५ जनाको ज्यान गएको सिएनएनले उल्लेख गरेको छ । तर उक्त आँध,हुरी ,वर्षा हाल साउथ क्यारोलाइना पुगेको छ । साउथ क्यारोलाइनामा ३ लाख ५० हजार मानिसहरुका घरमा बिद्युत बिच्छेद भएका छन् भने ठूलो क्षती भएको छ । धमाधम क्षतिका विवरण आई रहेका छन् ।

फ्लोरिडा राज्य भरि कम्तिमा ७०० जनालाई उद्धार गरिएको छ भने साउथ क्यारोलाइनाका घरमा घुंडा जति पानि पसेको छ । मानिसहरुलाई घरबाट बाहिर ननिस्कन आह्वानको साथै आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

फ्लोरिडाको ली काउन्टीमा १६ ,चार्लोट काउन्तिमा १२,कोलिएर काउन्टीमा ८ ,भोलुसा काउन्टीमा ४ ,पोक काउन्टीमा १ ,लेक काउन्टीमा १ ,मानटी काउन्टीमा १ र अन्य स्थानमा २ जनाको मृत्यु भएको समाचार मर्करी न्यूजले समाचारमा उल्लेख गरेको छ ।

इअन आंधी गत शुक्रबार दिउँसो वर्ग १ आँधीका रूपमा अमेरिकाको साउथ क्यारोलाइना नजिकै जर्जटाउनमा जमिनमा झरेको थियो । शुक्रबार राति सम्म ६० माइल प्रति घण्टामा हुरी आएको थियो भने शनिबार ढिलो उत्तर क्यारोलाइना र भर्जिनियामा समेत फैलिने अपेक्षा गरिएको राष्ट्रिय आँधिबेरी केन्द्रले जनाएको छ

दुई दिन अघि आँधी इअन फ्लोरिडाको दक्षिणपश्चिमी तटमा ठूलो श्रेणी ४ आँधीको रूपमा जमिनमा आएको थियो । फ्लोरिडामा तटीय समुदायहरूलाई ध्वस्त पारेको छ भने सडकहरूलाई खोला पसेको र जताततै भग्नावशेष छोडेको छ ।

प्रतिक्रिया