बैकुण्ठ मानन्धर डिसी क्षेत्रमा सम्मानित

इनेप्लिज २०७९ असोज १५ गते १:२८ मा प्रकाशित

म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई अमेरिकाको डिसी महानगर क्षेत्रमा सम्मान गरिएको छ । सन् १९९१ मा मुलुक बाहिर सबैभन्दा पहिला नेवा समुदायको पहलमा अमेरिकाको डीसी क्षेत्रमा स्थापित भएको नेपा: पासा पुच: अमेरीकाय(एनपीपीए)ले अमेरिकाको भ्रमणमा रहनु भएका दक्षिण एसियाली खेलकुदका किर्तिमानधारी मानन्धरसंग भेटघाट तथा स्वागत कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ ।

अनौपचारिक रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा डिसी क्षेत्रको भ्रमणमा रहनु भएको समयमा मानन्धरलाई एनपीपीएका संस्थापक तथा वरिष्ठ समाज सेवी राम मालाकार ,अध्यक्ष मनोहर श्रेष्ठ लगायत कार्यकारी समितिले मानन्धरलाई खादा सहित मायाको चिनो प्रदान गरेको थियो ।

उक्त भेटघाट कार्यक्रममा महिलाहरुको पनि सहभागिता रहेकोले प्रख्यात ओलम्पिक खेलाडी मानन्धरले समेत सबै महिलाहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । उनले नेपालबाट ल्याएको कोसेली समेत अध्यक्ष श्रेष्ठलाई प्रदान गरेका थिए ।

एनपीपीएका संस्थापक तथा वरिष्ठ समाज सेवी राम मालाकारले पनि मानन्धरलाई पुष्प गुच्छाले स्वागत तथा सम्मान गरेका थिए । एनपीपीएक अध्यक्ष मनोहर श्रेष्ठ तथा बैकुण्ठ मानन्धरले समेत बोलेका थिए । मानन्धरले एनपीपीएको प्रशंसा गर्नुको साथै आफु अमेरिका घुम्न आएको बताएका थिए ।

उनको सम्मानमा रात्री भोजको समेत आयोजना गरिएको थियो । उपस्थित महिला तथा सहभागीले मानन्धर संग भेट गर्न पाउदा हर्ष र खुसि लागेको बताए ।

साथै उक्त कार्यक्रममा मानन्धरको उपस्थितिमा ईनेप्लिजका सम्पादक विजय थापालाई समेत इनेप्लिजले सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

प्रतिक्रिया