टेक्ससमा नेपालका पूर्व चर्चित राष्ट्रिय भकुण्डो खेलाडी पाण्डे तथा राजभण्डारी सम्मानित

विजय थापा २०७९ असोज १५ गते ०:४६ मा प्रकाशित

टेक्ससमा नेपालका पूर्व चर्चित राष्ट्रिय भकुण्डो खेलाडी पर्वत पाण्डे तथा प्रलय राजभण्डारीलाई सम्मान गरिएको छ । अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजित ११ औ गोर्खा कप भकुण्डो प्रतियोगितामा उनीहरुलाई सम्मान गरिएको हो । प्रतियोगिता गत सेप्टेम्बर २४-२५ का आयोजना गरिएको थियो ।

आयोजक गोर्खा भकुण्डो टोलीले नेपालका पूर्व राष्ट्रिय टोलीका ख्यातीप्राप्त खेलाडीहरुलाई उनीहरुको योगदानको उच्च कदर गर्दै बिगत बर्ष झैँ यस बर्ष पनि सम्मान गरेको छ । यस बर्ष न्यूयोर्कमा बस्दै आएका पर्वत पाण्डे तथा टेक्सस ड्यालसमा बस्दै आएका प्रलय राजभण्डारीलाई सम्मान गरिएको छ ।

हाल पाण्डे न्यूयोर्कको शेर्पा युनाईटेड क्लब तथा भण्डारी टेक्ससकै रोयल नेपाल एफसीमा प्रशिक्षकको रुपमा कार्यरत छन् ।

प्रतियोगिता लगायत अन्य खेल प्रतियोगिताका बिजेताहरुलाई कूल २१,००० डलरको नगद साथै पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।

यस बर्ष १८ वटा खेलटोलीले भाग लिएका थिए भने यसै गरि ३५ बर्ष भन्दा माथि उमेरका खेल प्रतियोगितामा १० वटा खेल टोली रहेका थिए । १२ बर्ष र ७ बर्ष भन्दा कम उमेर प्रतियोगितामा ४ वटा खेल टोलीको सहभागिता रहेको थियो ।

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत १० बर्ष देखि संचालनमा रहेको यस बर्ष ११ औ गोर्खा दशैं कप भकुण्डो प्रतियोगिता २ दिन सम्म चलेको थियो ।

बिजयी हुने समूहलाई नगद तथा पुरस्कार समेत गरेर कुल १० हजार डलरको व्यवस्था गरिएको थियो उप बिजेतालाई ४००० हजार डलर प्राप्त गरेका छन् । यस बर्ष ड्यालस गोर्खा बिजयी भएको छ भने रोयल नेपाल एफसी उप बिजेता भएको छ । प्रतियोगितामा अत्यधिक महत्वपूर्ण खेलाडी रोशन देवकोटा भएका छन् भने उत्कृष्ठ गोलकिपर पर्थ जंग थापा भएका छन् । अन्तिम प्रतियोगिताका उत्कृष्ट खेलाडी रोजिन प्रजापति भएका छन् ।

३५ बर्ष भन्दा माथि उमेरको टोलि बिजेताले ५,००० हजार डलर र उप बिजेताले २,००० हजार डलर प्राप्त गरेका छन् । ३५ बर्ष माथिमा ड्यालस गोर्खा प्रथम तथा एलए गुरास उप बिजेता भएको छ । त्यसमा अत्यधिक महत्वपूर्ण खेलाडी साजन बिक्रम सिंह तथा उत्कृष्ट गोलकिपर संगीत रजक भएका छन् । यसै गरि प्रमोद अधिकारी अन्तिम खेलका उत्कृष्ठ खेलाडी घोषित भए ।

यसै गरि १२ बर्ष र ७ बर्ष भन्दा कम उमेर प्रतियोगितामा ड्यालस गोर्खा बिजयी तथा ग्यालेक्सी सकर एकाडेमी उप बिजेता भएको छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन् । हरेक दिन मूलधार,सामुदायिक र अन्तर्राष्ट्रिय समाचारहरु अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया