फ्लोरिडामा आएको हावा, वर्षा र आँधीबेरी इअनको कारण कूल १७ जनाको मृत्यु , अझै २३ लाख मानिस अन्धकारमा बस्न बाध्य

इनेप्लिज २०७९ असोज १४ गते ११:०१ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा आएको हावा, वर्षा र आँधीबेरी इअनको कारण कूल १७ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ । अझै २३ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् । फ्लोरिडामा तहसनहस बनाए पछि समुन्द्री आंधी इअन अहिले साउथ क्यारोलाईना तर्फ लागेको र दिउसो सम्म जमिनमा पुग्ने अनुमान राष्ट्रिय हुरीबतास केन्द्रले जनाएको छ ।

इअन गत बुधबार दिउँसो दक्षिणपश्चिम फ्लोरिडामा जमिनमा प्रवेस गरेको थियो बिहीबार भरि मध्य र उत्तरपूर्वी फ्लोरिडामा भारी वर्षा भएको छ ।

दक्षिणपश्चिम र मध्य फ्लोरिडामा आँधीका कारण अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको बताइएको छ । कम्तिमा १७ को मृत्यु इअनको सम्बन्धमा विवरण गरिएको छ।

चार्लोट काउन्टीमा मृत्यु हुनेको संख्या कम्तिमा आठ वा नौ रहेको शार्लोट काउन्टीका आयुक्त जोसेफ टिसेओले गत बिहीबार दिउँसो सीएनएनलाई बताएका थिए । ली काउन्टीमा करिब पाँच जनाको मृत्यु भएको विश्वास गरिएको त्यहाँका शेरिफ(प्रहरी)ले बताए ।

अस्पताल हेरचाहमा रहेका एक व्यक्तिको ओस्सियोला काउन्टीमा मृत्यु भएको आपतकालीन व्यवस्थापन निर्देशक बिल लिट्टनले भने। भोलुसिया काउन्टी शेरिफको कार्यालयका अनुसार डेल्टोनाका एक ७२ वर्षीय मानिस आँधीबेहरीको समयमा आफ्नो पौंडी पोखरीमा पानी निकाल्न बाहिर गएपछि मृत्यु भएको छ।

सारासोटा काउन्टीले काउन्टीमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ । २३ लाख भन्दा ज्यादा मानिसहरुका घरमा बिजुली बत्ति बिच्छेद भएको छ भने केही पिउने पानी प्रणालीहरू पूर्ण रूपमा बिग्रिएका छन् ।

प्रतिक्रिया