अमेरिकी सेनाका चिकित्सक र निश्चेतकलाई रुसलाई अमेरिकी सैन्य चिकित्सा अभिलेख उपलब्ध गराउने षड्यन्त्र गरेको आरोपमा पक्राउ

इनेप्लिज २०७९ असोज १४ गते २:०० मा प्रकाशित

अमेरिकी सेनाका चिकित्सक र निश्चेतक( एनेस्थेसियोलोजिस्ट)लाई रुसलाई अमेरिकी सैन्य चिकित्सा अभिलेख उपलब्ध गराउने षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको छ ।

मेरिल्याण्डका एक पत्नी र पतिलाई अमेरिकी सरकार र सेनाबाट व्यक्तिगत चिकित्सा अभिलेख (मेडिकल रेकर्ड)हरू प्रदान गर्न रुसी सरकारलाई षड्यन्त्र गरेको आरोप लगाइएको संघीय अभियोगमा जनाईएको छ ।

बाल्टिमोरमा चिकित्सा अभ्यास गरिरहेकी निश्चेतक (एनेस्थेसियोलोजिस्ट )अन्ना ग्याब्रिलियन र उनका श्रीमान्, अमेरिकी सेनाका प्रमुख र चिकित्सक जेमी ली हेनरीले कथित रूपमा “व्यक्तिगत रूपमा पहिचान योग्य स्वास्थ्य जानकारी” प्रदान गरेको उनीहरु बिरुद्ध आरोप छ । जुन संघीय कानून अन्तर्गत अत्यन्तै गोप्य र सुरक्षित गरिएको हुनु पर्छ ।

मेरिल्याण्ड जिल्लामा रहेको अमेरिकी अधिवक्ताको कार्यालयका अनुसार ग्याब्रिलियन र हेनरी दुवैलाई सेप्टेम्बर २९ बिहीबारका दिन बिहान पक्राउ गरिएको थियो । अदालतमा हाजिर भएपछि उनीहरुलाई सातै दिन २४ सै घण्टा अनुगमन गरी घरमै थुनामा राखिएको थियो । गेब्रिलियनलाई ५ लाख डलरको प्रतिभूति-रहित वाचापत्र (बन्ड) पनि गरिएको छ।

अभियोगका अनुसार ग्याब्रिलियन अगस्तमा रुसी दूतावासको कर्मचारी भएको दाबी गर्ने गुप्तरूपले गुप्तचरले सम्पर्क गरेको थियो भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया