फ्लोरिडामा समुन्द्रीआँधीको कारण राज्यभरि ७०० जनाको उद्धार,सानिबेल टापुमा कम्तिमा २ जनाको मृत्यु

इनेप्लिज २०७९ असोज १४ गते १:२६ मा प्रकाशित

फ्लोरिडामा समुन्द्रीआँधी इअनको कारण राज्यभरि ७०० जनाको उद्धार गरिएको गभर्नर रोन डेसेन्टिसले बिहीबार बताएका छन् । फ्लोरिडा राज्यमा रहेका नेपालीहरु सुरक्षित रहेको ओर्लान्डोबाट नारायण न्यौपानेले ईनेप्लिजलाई जानकारी दिए । न्यौपानेका अनुसार सोचे भन्दा कम समुन्द्री आएकोले त्यति क्षति आफ्नो स्थानमा नभएको बताए ।

इयान आँधीपछि फोर्ट मायर्सका अग्नि नियन्त्रणले २०० भन्दा बढी मानिसहरूलाई उद्धार गरेको नगर प्रमुक्झ केभिन एन्डरसनले बिहीबार राती सिएनएनका एरिन बर्नेटलाई भने।

त्यसैगरी सानिबेल टापुमा कम्तिमा २ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उनीहरुले खाली नगर्दा उनीहरु आंधीको चपेटामा परेका छन ।

नगर प्रमुख होली स्मिथले आँधी आउनु अघि करिब २०० घरहरू खाली नगरेको बताइन ।

इयान आँधी फ्लोरिडाको इतिहासमा सबैभन्दा ठूलो प्राकृतिक प्रकोप हुनसक्ने राज्यका अग्नि नियन्त्रणका सेनापतिले बताएका छन् ।

पछिल्लो २४ घण्टामा ३० उडानमा ३० भन्दा बढी हवाई उद्धार गरिएको छ । ११ वटा फ्लोरिडाका विमानस्थलहरू मध्ये ७ वटा जो तूफान इअनका कारण बन्द गरिएका छन् भने व्यावसायिक सेवाहरू शुक्रबार बेलुका खोलिने सिएनएनले जनाएको छ ।

बेलुका ५ बजे इअन ७५ माइल प्रतिघण्टाको अधिकतम गतिमा चल्ने हावाका साथ फेरि आँधीमा परिणत भएको छ । ओर्लान्डोको दक्षिणी शहरमा इअन आँधीका कारण ऐतिहासिक बाढी आएको अधिकारीहरूले बताएका छन् ।

तस्बिर : नारायण न्यौपाने/ विभिन्न पत्रपत्रिका /गुगल खोज

प्रतिक्रिया