“डेलावेयरमा खसी कप भलिवल प्रतियोगिता सम्पन्न”

इनेप्लिज २०७९ असोज १३ गते २१:५५ मा प्रकाशित

हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पुजा चल्यो आनन्दको वर्षा ।

कवि शिरोमणि लेखनाथ पौड्यालका यिनै सुन्दर पंतिले भनेझैँ देश तथा बिदेशमा बस्ने नेपालीमाझ दशैं आइसकेको छ । यो सुन्दर मौसम अनि दशैंको माहोलबाट अमेरिकाको डेलावयार राज्य पनि अछुतो रहन सकेन । दशैंको अवसरमा डेलावर तथा यसको आसपास बसोबास गर्ने नेपाली समुदायले खसिकप भलिबल प्रतियोगिता सम्पन्न गरेका छन् ।कार्यक्रम डेलावर नेपाली पाठशालाको आयोजनामा भएको यो कार्यक्रम गत बर्सदेखी सुरुगरिएको हो

। सेटेम्बर२५ शुक्रबार सुरु भएको प्रतियोगिता तीनदिन सम्म चलेको थियो । प्रतियोगितामा ४ पुरुष टिम, एक महिला र एक बालबालिका (७ देखि १२ वर्ष उमेर समुह ) गरि जम्मा ६ टिम को सहभागिता रहेको थियो । यसपटकको प्रतियोगितामा यसकारण पनि पृथक रह्यो कि पुरुष टिम मात्र नभएर महिला तथा बालबालिकाको पनि यसमा सहभागिता रहयो । खेलकुद शारीरिक तन्दुरुस्तीको लागि मात्र नभएर भाइचारा तथा सामाजिक सम्बन्ध कायम गर्ने माध्यम पनि हो । त्यसै अनुसार नेपालीमाझ एकअर्कामा परिचय मात्र हैन एकै परिवार जस्तो घनिष्ठता खेलकुदको माध्यमबाट कायम भएको पाइयो । निकै रोमान्चक एवं प्रतिस्प्रधात्मक खेलमा प्रथम को उपाधि टिम ज्यागुअरका खेलाडी हरु नारायण खनाल, बिशाल श्रेष्ठ , भुसन अर्याल , बाल नेपाल , गणेश पोखरेल , ओम न्यौपाने र कृष को पोल्टा मा पुग्यो । यसै गरि उत्कृष्ठ खेल खेल्ने देब जैंशी म्यान अफ द म्याच उपाधि चुम्न सफल हुनु भयो । शुक्रबार अनि शनिबार लीग अनि नक आउट खेलहरु भए भने आइतबार तीन चरणका कार्यक्रमहरु थिए फाइनल खेल , खसी भोज अनि सास्कृतिक कार्यक्रम । कार्यक्रममा रेफ्रीको भूमिका बिजय गैरे ले सम्पन्न गर्नु भयो । कार्यक्रम सम्पन्न गर्न सबै आगन्तुकले स्वइच्छाले आर्थिक अनुदान प्रदान गर्नु भएको थियो । प्रतिकुल मौसम को बाबजुद पनि कार्यक्रममा राम्रो उपस्थिति रहेको थियो । आशिष दाहालले ‘वर्षमा दिनमा लै लै ‘ गीत गाउदा नेपालकै कुनै कार्यक्रममा भएको झल्को मिल्थ्यो भने कार्यक्रममा बालबालिका देखि महिला अनि बुबा आमा ले नाच्दै भरपुर मनोरंजन लिएको देख्न सकिन्थ्यो । कार्यक्रम सम्पन्न गर्न धेरै हातहरु सामेल थिए त्यसमा मुख्य भूमिका शैलेन्द्र देवकोटा , केशब सुबेदी , नारायण खनाल , नवराज पौडेल, भुषण अर्याल, सन्तोष कंडेल, हूमलाल भण्डारी, शंकर अर्याल लगायत को रह्यो । यी अनि यस्तै विभिन्न चाडबाडका कार्यक्रमलाई निरन्तरता दिन सके अवश्य पनि भावी पुस्ताले नेपाली सस्कृति बिर्सने छैनन् ।

कार्यक्रमको अन्तमा कार्यक्रमका मुख्य संयोजक शैलेन्द्र देवकोटाले बिजेता खेलाडी हरुलाई बधाई, सहभागी सबैलाई धन्यबाद अनि आउदै गरेको बडादशैको शुभकामना ब्यक्त गर्दै औपचारिक कार्यक्रम को अन्त्य गर्नु भएको थियो। त्यसपछि कार्यक्रमको अन्तिम चरण खशी भोज तथा नाचगानको कार्यक्रम सुरु भएको थियो। कार्यक्रम बेलुकी ७ बजे सम्म चलेको थियो।

प्रतिक्रिया