समुन्द्री तुफानबाट क्यूबामा कम्तीमा ३ जनाको मृत्यु

इनेप्लिज २०७९ असोज १३ गते १६:५३ मा प्रकाशित

क्युबामा इअन आँधीका कारण कम्तीमा ३ जनाको मृत्यु भएको क्युवाली अधिकारीहरूले बताएका छन ।

बिहीबार इअन आँधीका कारण मृत्यु हुनेको संख्या तीन पुगेको सरकारी सॅजालस्थल( बेवसाईट) मा उल्लेख गरिएको सिएनएनले   जनाएको छ।

यसअघि क्युवाली अधिकारीहरूले क्युबामा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको बताएका थिए।

तेस्रो पीडितको मृत्यु कसरी भयो भन्ने बारे थप जानकारी दिइएको छैन।

यद्यपि क्युवाली अधिकारीहरूले बिजुली पुनर्स्थापित गर्न थालेको र ठूलो टापूमा बिध्युत बिच्छेद भएको जनाएका छन ।

प्रतिक्रिया