समुन्द्री आंधी इअनबाट फ्लोरिडामा २३ लाख मानिस बिजुलीबिहिन बस्न बाध्य ,अन्य ४ राज्यहरुमा संकटकाल घोषणा

इनेप्लिज २०७९ असोज १३ गते ११:२३ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा आएको भिषण समुन्द्री आँधी इअनबाट फ्लोरिडामा २३ लाख मानिसहरुका घरहरुमा बिधुत बिच्छेद भएको छ । उनीहरु अन्धकारमा बस्न बाध्य भएका छन् भने उक्त आंधी अन्य ४ राज्यहरुमा पनि जाने भएकोले ४ वटा राज्यहरुमा संकटकाल घोषणा गरिएको छ ।

अमेरिकाको जर्जिया, साउथ क्यारोलिना, नर्थ क्यारोलिना र भर्जिनियामा संकटकाल घोषणा गरिएको छ ।

पावरआउटेज डट युएसका अनुसार २३ लाख भन्दा ज्यादा ग्राहकहरुमा बिहीबार प्रारम्भिक रूपमा बिद्युत नभएको उल्लेख गरेको छ । फ्लोरिडामा कूल सबै ग्राहकहरू मध्ये लगभग २१ % का घरहरुमा बिद्युत बिच्छेद भएको जनाएको छ ।

बाह्र काउन्टीहरूमा बसोबास गर्ने ग्राहकहरूका घरमा ५० % भन्दा ज्यादा बढी बिद्युत बिच्छेद भएका छन् । सबैभन्दा बढी दक्षिणपश्चिम, मध्य र उत्तरपूर्वी क्षेत्रहरूमा तुफान इअनको चपेटामा प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

सबैभन्दा बढी प्रभावित ली काउन्टी परेको छ जसमा फोर्ट मायर्स र केप कोरल परेका छन् । जसमा ४२५,७१७ ग्राहकहरू बिद्युत बिच्छेदको मारमा परेका छन् । अर्थात् लगभग ९० प्रतिशत मानिसहरुका घरमा बिजुली बत्ति नभएको अवस्था छ । यसैगरी डिसोतो काउन्टीमा लगभग सबै ग्राहकहरूका घर बिद्युत बिच्छेद भएका छन् ।

राज्य र स्थानीय अधिकारीहरूका अनुसार तूफान इयानको प्रभावका कारण फ्लोरिडा कारागारमा रहेका २५०० कैदीहरूलाई स्थानान्तरण वा खाली गरिएको छ। हाल सम्म एकै जनाको पनि मृत्युको खबर प्राप्त नभएको संचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया