फ्लोरिडामा इयान आँधीले १९ लाख मानिस बिजुलीबिहिन, २६ वटा राज्यहरुले फ्लोरिडालाई सहायता गर्दै

इनेप्लिज २०७९ असोज १३ गते २:०५ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा आई रहेको इयान आँधीले १९ लाख मानिस बिजुलीबिहिन रहेका छन् । साथै २६ वटा राज्यहरुले फ्लोरिडालाई सहायता गर्दै गरेको फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले भने ।

फ्लोरिडाको पश्चिमी तटीय क्षेत्रमा बुधवार राति इयान आँधीले यस क्षेत्रलाई प्रभाव पारे पछि धेरै मानिसहरू अन्धकारमा बस्न बाध्य भएका छन् । ज्याक्सनभिल, फ्लोरिडाका समुद्र तटहरू इयान आँधीको प्रभावका कारण बन्द रहेको नगर प्रमुख लेनी करीले ट्वीटमा भने।

इयान १०५ माइल प्रतिघण्टाको अधिकतम हावाको साथमा श्रेणी २ को समुन्द्री तूफान हो । “म हामीलाई समर्थन पठाउने २६ राज्यहरूलाई धन्यवाद दिन चाहन्छु,” गभर्नर डेसेन्टिसले भने।

अलाबामाका गभर्नर के इभेले ब्ल्याकहक नामक उदग्रबिमान र टेनेसी र लुइसियानाले खोज र उद्धारमा सहयोग गर्न स्रोतहरू पठाएको डेसेन्टिसले बताए।

प्रतिक्रिया