‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको कोलोराडोमा हुने

इनेप्लिज २०७९ असोज १२ गते २२:५३ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ समारोह हुने भएको छ । उक्त ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौं संस्करण आगामी अक्टोबर १३, १४ र १५ का दिन कोलोराडोमा हुने भएको हो ।

नेपाली चलचित्रलाई संसार भरि परिचय गराउने र पुर्याउने उद्देश्यले चलचित्र महोत्सव आयोजना गरिन लागिएको पाँचौं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नवराज श्रेष्ठले ईनेप्लिजलाई बताए । दशैँको लगत्तै कार्यक्रम हुने भएकोले आयोजक समिति पुरै तयारीमा जुटेका र श्रेष्ठले साथीहरु अहोरात्र खटिई रहेको बताए ।

श्रेष्ठले दिएको जानकारी अनुसार फिल्म १४ तारिखमा अमेरिकामा नेपाली चलचित्रको सम्भावना सम्बन्धि कार्यक्रम र अक्टोबर १५ मा पुरस्कार वितरण कार्यक्रम गरिने छ ।

बिगतमा पुरस्कार समारोह कोलोराडो र सनफ्रान्सिस्कोमा आयोजना गरिएको थियो । पुरस्कार र चलचित्र महोत्सवको छनौट समिति गठन गरिएको छ ।

कोलोराडोमा आयोजना गर्न पूर्व टेक्सस राज्यको ड्यालस शहरमा पुरस्कारको आयोजना गरिने तय भएता पनि विविध प्राविधिक कारणले गर्दा पुरस्कारको मिति र स्थान परिवर्तन भएको श्रेष्ठले ईनेप्लिजलाई बताए ।

प्रतिक्रिया