सूचनाको हक सम्बन्धी छलफल

इनेप्लिज २०७९ असोज १२ गते २२:२९ मा प्रकाशित

मोहम्मद सदरुल

विराटनगर, १२ असोज(रासस): अन्तराष्ट्रिय सूचनामा विश्वव्यापी पहुच दिवशको अवसरमा विराटनगरमा आज ‘सूचनाको हक सम्बन्धी’ छलफल कार्यक्रम सम्पत्र भएको छ ।

जिल्ला प्रसासन कार्यालय मोरङद्वारा आयोजित सो कार्यक्रममा सुचनाको हक सम्बन्धी ऐनको व्यवस्था त्यसको कार्यान्वयन र प्रभावकारिताका विषयमा छलफल भएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सार्वजनिक निकायहरुले गरेको सेवाप्रवाहको बारेमा नागरिकलाई जानकारी गराउन पनि सूचनाको हक आवश्यक रहेको बताउनुभयो ।

सूचनाको हक प्रयोग गर्दा कार्यालयले गरेको गतिविधिको बारेमा आम नागरिक लाई जानकारी हुने र कार्यालयको काम समेत पारदर्शी हुने हुने भएकाले यसमा राष्ट्रसेवक कर्मचारीको ध्यान जानु आवश्यक रहेको प्रजिअ दाहालले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले सूचनाको हकको व्यवस्था र ऐनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै सही सूचनाबाट काममा सहज र सरल हुने धारणा राख्नुभयो ।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र नेपाली सेनाका प्रमुख र राष्ट्रिय अनुसन्धानका निर्देशक सहित सरोकारवालहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया