अमेरिकाको भर्जिनिया निवासी एक व्यक्तिले एउटै अंकमा २०० पटक चिट्ठा खेले पछि १० लाख डलर जिते

इनेप्लिज २०७९ असोज १२ गते ११:०१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको अलेक्जान्ड्रियाका अली एम घेमीले एउटै अंकमा २०० पटक चिट्ठा खेले पछि १० लाख डलर जितेका छन् ।

उनले ४ वटा अंक भएको चिट्ठा खेलमा एउटै अंकमा २०० पटक खेल्दा १ मिलियन ( १० लाख )डलर पुरस्कार जितेका थिए।

सेवानिवृत्त घर जग्गा लगानीकर्ता घेमीले गत सेप्टेम्बर ६ का दिन ०-२-६-५ को समान चार अंक भएको चिट्ठा २०० पटक किनेका थिए ,जुन उनको जन्म ,महिना र वर्ष हो।

सबै चार अङ्कहरू सही रूपमा मिल्ने मौका १० हजार पटकमा एक पटक हुन् सक्छ भनि एनबिसिवाशिंगटनले समाचारमा जनाएको छ ।

घेमीले भर्जिनियाको म्याक्लिनको सेफवेमा चिट्ठा किनेका थिए।

भर्जिनिया चिट्ठाबाट मुनाफा भएको रकम भर्जिनियाको शिशु कक्षा देखि १२ कक्षा सम्मको शिक्षामा जान्छ। आर्थिक वर्ष २०२२ मा चिट्ठाबाट करिव ७७९ मिलियन डलर भन्दा ज्यादा रकम उठाएको थियो जुन भर्जिनियाको कुल के देखि १२ कक्षाको आर्थिक बजेटको लगभग १० % हो।

प्रतिक्रिया