तमु धी भर्जिनियाले देउसी-भैलो कार्यक्रम गर्ने

इनेप्लिज २०७९ असोज ११ गते २३:४० मा प्रकाशित

डिसी महानगर क्षेत्रमा स्थापित तमु धी भर्जिनियाले देउसी-भैलो कार्यक्रम गर्ने भएको छ । आगामी अक्टोबर २३ आइतबारका दिन भर्जिनियाको आशबर्न शहरमा देउसी भैलो खेल्ने जनाएको छ ।

उक्त कार्यक्रम साँझ ५ बजे देखि सुरु हुने छ । संस्थाका अध्यक्ष नन्द कुमार गुरुङले सबैलाई सहभागी हुन् आह्वान गरेका छन् ।

उक्त कार्यक्रममा नि:शुल्क हुने हुनाले सपरिवार सहित आउन अध्यक्ष गुरुङले ईनेप्लिज मार्फत निम्तो दिएका छन् ।

हाम्रो पैतृक सम्पत्ति ,हाम्रो भाषा र संस्कृति नारा सहित स्थापित भएको संस्थाले बिगतमा पनि देउसी भैलो कार्यक्रम भव्यताको साथ मनाई सकेको छ ।

बिस्तृत जानकारी यस प्रकार छ :

कति बजे : ५ बजे देखि ११ बजे सम्म
ठेगाना : 43761 parkhurst plaza # 124
Ashburn , 20147

सम्पर्क : नन्द गुरुङ : 571 524 2345

प्रतिक्रिया