मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य–मुख्यमन्त्री राई

इनेप्लिज २०७९ असोज ११ गते २२:३४ मा प्रकाशित

विराटनगर,११ असोज(रासस)

मोरङ,११ असोज(रासस) प्रदेश नं १का मुख्यमन्त्री राजेन्द्रकुमार राई पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा मङगलबार विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरु समेटिएको पुस्तक विमोचन एवं सम्मान कार्यक्रममा मन्तव्य व्यक्त्त गर्दै । तस्बिर : मनोज दाहाल ÷रासस

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ।

मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार ’ नारा सहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेश नं १ का महत्वपूर्ण पर्यटकीय स्थलहरु समेटिएको पुस्तकको विमोचन गर्दै बताउनु भएको हो ।

मोरङ,११ असोज(रासस): प्रदेश नं १ पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्वु मन्त्रालयद्वारा मङगलबार विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरु समेटिएको पुस्तक विमोचन एवं सम्मान कार्यक्रममा बोल्दै । तस्बिर : मनोज दाहाल ÷रासस

उहाँले पर्यटन क्षेत्रमा हुने लगानीले छिट्टै प्रतिफलको रुपमा विदेशी पर्यटक आगमन वृद्धिभै विदेशी मुद्रा संचित वढ्नुका साथै एवं रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त्त गर्नु भयो ।

मुृख्यमन्त्री राईले प्रदेश सरकारले यस क्षेत्रमा पर्यटक आगमन वृद्धि गर्न यहाँका नागरिकहरुको मौलिक संस्कृतिको प्रवद्र्धन एवं पूर्वाधार विकासमा लगानी गर्ने धारणा राख्नु भयो ।

उहाँले पर्यटक गन्तव्य स्थलको विकास गर्न ठोस योजना र डिपिआर तयार गर्ने कार्य सरकारले गरिरहेको चर्चा गर्दै पर्यटन प्रवद्र्धनमा घरवास, होटल तथा पर्यटन व्यवसायी तथा एजेन्सीलाई कार्य गर्दा आइपर्ने वाधा एवं अवरोध हटाउन आवश्यक ऐन कानूनमा सुधार गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

मोरङ,११ असोज(रासस): प्रदेश नं १का मुख्यमन्त्री राजेन्द्रकुमार राई पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा मङगलबार विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को उपलक्ष्यमा प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरु समेटिएको पुस्तकको विमोचन गर्दै । तस्बिर : मनोज दाहाल ÷रासस

स्वास्थ्यमन्त्री जयराम यादवले नेपालमा आउनुहुने भारतीयहरुले थोरै रकमबाट यस क्षेत्रका धेरै स्थानहरुमा भ्रमण सकिने र यहाँ कुनै किसिमको कठिनाई नहुने भएकाले सम्पूर्ण परिवार एवं साथीभाईसँग आउन आग्रह गर्नु भयो ।

पर्यटन तथा संस्कृति मन्त्री खिुन लङ्वा लिम्वुले यस क्षेत्रको पर्यटन विकासमा सहयोग गरिरहनु भएका पर्यटन व्यवसायी, होटल, घरवास सेवा प्रवाह गर्ने सस्थाहरुको दर्ता नविकरण गर्ने कार्य अव अनलाईन मार्फत सेवा प्रदान गरिएकोले कुनै कठिनाई नहुने धारणा राख्नु भयो ।

सो अवसरमा मुख्यमन्त्री राईले भारत पश्चिम बङ्गालबाट आएका ३० जना पर्यटक, विराटनगरका पर्यटन व्यवसायी पुण्य भट्टराई,झापा विर्तामोडका होटल व्यवसायी देवीभक्त्त श्रेष्ठ, सामुदायिक घरवासका उपाध्यक्ष एकराज घिमिरे र नेपाल पत्रकार महासङ्घका प्रदेशका सभापति लिलावल्लभ घिमिरेलाई सम्मान गर्नु भयो ।

यसैगरी मुख्यमन्त्री राईले होटल व्यवसायी, पर्यटन व्यवसायी र घरवासकाको दर्ता ,नविकरणको अनलाईन प्रणालीको समेत शुभारम्भ गर्नु भयो ।

कार्यक्रममा पर्यटन व्यवसायी, होटल व्यवसायीहरुका तथा पर्यटन क्षेत्रका कार्यगर्ने विभिन्न संस्थाका प्रतिनिधिहरुका सहभागिता रहेको थियो ।

प्रतिक्रिया